भ्रष्टाचारको आरोपमा भारतका पूर्वअर्थमन्त्री चिदम्बरम पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

भ्रष्टाचारको आरोपमा भारतका पूर्वअर्थमन्त्री चिदम्बरम पक्राउ

p chidambram

एजेन्सी, ५ भदौ । पूर्व भारतीय वित्त तथा गृहमन्त्री पी चिदम्बरमलाई बुधबार राति केन्द्रीय जाँच ब्युरो (सीबीआई)ले दिल्लीस्थित उनकै घरबाट पक्राउ गरेको छ । वित्तमन्त्रीको पद दुरुपयोग गरेको र मनी लाउन्डरिङको आरोपमा केन्द्रीय जाँच ब्युरोले चिदम्बरमलाई पक्राउ गरेको हो ।

जोरबागस्थित घरबाट नियन्त्रणमा लिएर सीबीआई कार्यालय र्पुयाइएपछि उनलाई औपचारिक रुपमा पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । घरमा पक्राउ गरेपछि उनलाई राममनोहर लोहिया अस्पताल लगेर स्वास्थ्य परीक्षण गरिएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);