संखुवासभाको सामूहिक हत्या प्रकरण : हत्या आरोपमा ‘भान्जा’ पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

संखुवासभाको सामूहिक हत्या प्रकरण : हत्या आरोपमा ‘भान्जा’ पक्राउ

बिनोद आचार्य,

संखुवासभा । संखवासभाको सामूहिक हत्या प्रकरणमा संलग्न एक पुरुषलाई पक्राउ गरिएको छ ।

संखुवासभाको मादी नगरपालिका वडा नम्बर–१ का ९१ वर्षीय बौद्धमान कार्कीको ६ जना परिवारको सामूहिक हत्या अनुसन्धानमा खटिएको प्रहरीको संयुक्त अनुसन्धान टोलीले मृतकका आफन्त पर्ने २६ वर्षीय लोकबहादुर कार्कीलाई हत्याको आरोपमा पक्राउ गरिएको हो ।

लोकबहादुरको घरबाट रगत लागेको कपडा बरामद भएपछि प्रहरीले उनी विरुद्ध दुई दिनदेखि अनुसन्धान गरिरहेको थियो । अनुसन्धानको क्रममा लोकबहादुरले शनिबार बिहान २ बजे मात्र हत्या स्वीकार गरेपछि उनलाई थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय संखुवासभा लगिएको छ ।

लोकबहादुरले घटना भएको दिन लगाएको सर्टमा रगतको टाटा देखिएपछि प्रहरीले उनीमाथि निगरानी बढाएको थियो । तर उनी मानसिक बिरामी भएको बताइएको छ । उनको सर्टमा लागेको रगतको ब्लड स्याम्पल टेस्ट परीक्षण गर्न सर्टलाई केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला सामाखुसी पठाइएको छ ।

सर्टमा भएको ब्लड स्याम्पल टेस्टको परीक्षण र घटनामा प्रयोग भएको हतियार बरामद भएपछि मात्र उनलाई सार्वजनिक गरिने जनाइएको छ ।

१ नं. प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुणकुमार बिसीले हत्यामा संलग्न एक जनालाई पक्राउ गरिएको पुष्टि गरे ।

‘थप अनुसन्धान भइरहेको छ, अभियुक्त चाँडै सार्वजनिक गर्ने तयारी गरेका छौं’ –उनले भने । व्यक्तिगत रिसिबीका कारण हत्या भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेको लोकबहादुरले घटना पश्चात् विभिन्न युट्युब च्यानलहरूलाई अन्तरवार्ता समेत दिएका थिए । पक्राउ परेका लोकबहादुर मृतक तेजबहादुर कार्कीका भान्जा नाता पर्ने भएको बताइएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);