टेकुस्थित ऋषेश्वर महादेव मन्दिर परिसरमा सप्तऋषिको पूजाआरधनाका लागि सैयौं भक्तजनको उपस्थिति (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

टेकुस्थित ऋषेश्वर महादेव मन्दिर परिसरमा सप्तऋषिको पूजाआरधनाका लागि सैयौं भक्तजनको उपस्थिति (फोटो फिचर)

काठमाडाैं । आज ऋषिपञ्चमी पर्व देशभर सनातन हिन्दु महिलाहरुले बिहानै नदी, ताल, पोखरी लगायतका जलाशयमा गई ३ सय ६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर र माटो लगाई स्नान गर्ने परम्परा रहेको छ ।

यसरी स्नान गर्दा महिलाहरुले वर्षभरि रजस्वलाका समयमा अन्जानमा गरिएका गल्तिको प्रायश्चितका लागि स्नानका साथै अरुन्धतीसहित सप्तऋषिको पूजा गर्ने र पञ्चगव्य सेवन गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।

सप्तऋषिमा अरुनधतिसहित कश्यप, अत्रि, भारद्वाज, गौतम, यमदग्नि, वशिष्ठ र विश्वामित्रको पूजागर्ने परम्परा रहेको छ । पूजा पश्चात् ब्रतालु महिलाहरुले हलो नलगाएको अन्न र कर्कले लगायतको चोखो खाना खाने प्रचलन छ ।

यसैक्रममा आज टेकुस्थित ऋषेश्वर महादेव मन्दिर परिसरमा सप्तऋषिको पूजाआरधनाका लागि ब्रतालु महिलाहरु पुगेका थिए ।सैयौंको संख्यामा उपस्थित भएका भक्तालुहरुलाई दर्शना तथा पूजाका लागि व्यवस्थित गर्न सुरक्षाकर्मी, विभिन्न संघ संस्थाहरुबाट स्वयम् सेवकहरु खटिएका थिए ।

त्यसैगरी ब्रतालुहरुको स्वास्थ्यलाई मध्यनजर गरेर स्वास्थ्य शिविरको राखिएको थियो भने माक्स र खानेपानी वितरण गरिएको देख्न सकिन्थ्यो । आज सप्तऋषिको दर्शन गरेर पञ्चमी पूजा लगाउने परम्परा पनि रहेकाले कतिपय हिन्दु महिलाहरुले सप्तऋषिको पूजा लगाउने र ब्रत बसेकाले ब्रतको पूर्णताका लागि गोदान पूर्णपात्र गर्ने चलन भएको सो कार्यमा सरिक भएका थिए ।

उक्त कार्यको लागि मन्दिरपरिसर र बाहिर ब्राम्हणहरुको पनि उपस्थित रहेको थियो । मन्दिरमा विहान १ बजेदेखि नै दर्शनका लागि भक्तजनको उपस्थिती रहेको मन्दिरको पूजारीको भनाई ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);