उत्तर कोरियामा गाई चोरीदेखि दक्षिण कोरियाली टेलिभिजन हेरेको आरोपमा मृत्युदण्ड | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

उत्तर कोरियामा गाई चोरीदेखि दक्षिण कोरियाली टेलिभिजन हेरेको आरोपमा मृत्युदण्ड

kim

काठमाडौं, २९ जेठ । उत्तर कोरियाले सार्वजनिक रुपमा सर्वसाधारणलाई मृत्युदण्ड दिएका ३ सय १८ स्थानको पहिचान भएको दक्षिण कोरियाको एउटा गैरसरकारी संस्थाको दाबी सार्वजनिक भएको छ ।

ट्रान्जिशनल जस्टिस वर्किङ ग्रुपले आफ्नो प्रतिवेदनका लागि चार वर्षको अवधिमा उत्तर कोरियाबाट भागेका ६ सय १० जनासँगको अन्तर्वार्ताका आधारमा सो कुरा बताएको हो ।

यसरी मृत्युदण्ड पाउनेहरुमा गाई चोरी गरेकोदेखि दक्षिण कोरियाली टेलिभिजन हेरेको आरोपमा समेत उत्तर कोरियालीले मृत्युदण्ड पाएका घटना सो प्रतिवेदनमा समेटिएका छन् ।

सो समूहका अनुसार उत्तर कोरियाली सरकारले नदीको किनार, खेत, विद्यालय र खेलकुद मैदानहरूमा समेत सर्वसाधारणलाई मृत्युदण्ड दिने गरेको पाइएको छ ।

मंगलवार सार्वजनिक ‘म्यापिङ द फेट अफ द डेड’ नामक प्रतिवेदनमा सार्वजनिक रूपमा मृत्युदण्ड दिइएको हेर्न हजारभन्दा बढी सर्वसाधारण समेत जम्मा हुने गरेका बताइएको छ ।

यसरी मृत्युदण्ड पाउनेका परिवारका सदस्यलाई समेत कतिपय घटनामा प्रत्यक्ष रुपमा हेर्न बाध्य पारिएको दाबी गरिएको छ ।

मानिसहरूमा बयान अनुसार सार्वजनिक रूपमा मृत्युदण्ड दिइएको घटना हेर्ने सबैभन्दा कान्छो सात वर्षका छन् । जेल र श्रम शिविर तथा बन्दीगृहमा पनि मृत्युदण्ड दिइन्छ ।

त्यस्ता बन्दीगृहमा राजनीतिक अपराध गरेको अभियोग लगाइएका मानिसहरूलाई खानी उत्खनन् र रुख कटानीजस्ता शारीरिक श्रम गर्न लगाउने गरिन्छ ।

एकजना भगौडाले सन् २००० को शुरूवाततिर एउटा श्रम शिविरमा तीनजना महिलाको हत्या गरिएको दृश्य हेर्न ८० जना कैदीलाई बाध्य पारिएको दाबी गरेको प्रतिवेदनमा उल्लेख गरिएको बीबीसीले जनाएको छ । भागेर चीन जाने कोशिस गरिरहेका महिलाहरुलाई मृत्युदण्ड दिइएको थियो ।

उनीहरुका अनुसार मृत्युदण्ड दिने क्रममा सुरक्षा मामिलासम्बन्धी मन्त्रालयका एक अधिकारीले भीडलाई भने, ‘तिमीहरूलाई पनि यस्तो हुन सक्छ ।’ प्रतिवेदनमा भनिएको छ, ‘डर पैदा गराउने र सत्ताले मन नपराउने कुरा गर्नबाट नागरिकलाई निरुत्साहित गर्ने एउटा महत्वपूर्ण तरिका मृत्युदण्ड हुने गरेको छ ।’ यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);