बेलायतको नयाँ प्रधानमन्त्री चयनका लागि १० जना उम्मेदवार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

बेलायतको नयाँ प्रधानमन्त्री चयनका लागि १० जना उम्मेदवार

britain pm contenders

एजेन्सी , २८ जेठ । बेलायतको नयाँ प्रधानमन्त्रीका लागि १० जना अन्तिम उम्मेदवारको नाम सार्वजनिक गरिएको छ । ब्रेक्जिट मस्यौदालाई लिएर बेलायती संसद् र पार्टीभित्र चर्को आलोचना भएपछि प्रधानमन्त्री टेरिजा मेले गतहप्ता पार्टी नेतृत्वबाट राजीनामा दिएकी थिइन । त्यसपछि बेलायतमा सत्तारुढ दल कन्जरभेटिभ पार्टीले नेता चयन प्रक्रिया सुरु गरेको हो ।

बेलायतमा सत्तारुढ दलको नेता नै प्रधानमन्त्री हुने व्यवस्था छ । कन्जरभेटिभ पार्टीको अध्यक्ष नै प्रधानमन्त्री बन्ने भएपछि सरकार र पार्टी नेतृत्वका लागि नेताहरुबीच प्रतिस्पर्धा भएको हो । विदेशमन्त्री जेरेमी हन्ट, पूर्व ब्रेक्जिटमन्त्री डोमिनक राब, स्वास्थ्यमन्त्री माट ह्यानकक र वातावरण मन्त्री माईकल गोभ पनि प्रधानमन्त्री पदका लागि सार्वजनिक उम्मेदवारहरुको सूचीमा अटाएका छन् ।

त्यस्तै, पूर्व सांसद मार्क हार्पर, गृहमन्त्री साजिद जाभिद, पूर्व विदेशमन्त्री बोरिस जोनसन, संसदका पूर्व अध्यक्ष आन्ड्रिय लिडसम, पूर्व कार्य तथा अवकाशमन्त्री इस्थर म्याकभे र अन्तर्राष्ट्रि विकासमन्त्री रोरी स्टेवार्टको नाम छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);