सैन्य ‘कू’ गरेको एक दिनपछि सुडानका सैन्य काउन्सिलका प्रमुखद्वारा राजीनामा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सैन्य ‘कू’ गरेको एक दिनपछि सुडानका सैन्य काउन्सिलका प्रमुखद्वारा राजीनामा

sudan Awad Ibn Auf steps

एजेन्सी, ३० चैत । अफ्रिकी मुलुक सुडानका रक्षामन्त्री तथा सैन्य काउन्सिलका प्रमुख अवाद इब्न अउफले राजीनामा घोषणा गरेका छन् । सैन्य ‘कू’ गरेको एक दिनपछि नै उनले पद छाडेको घोषणा गरेका हुन् ।

सैन्य काउन्सिलले तीन दशकदेखि सत्तामा रहेका राष्ट्रपति ओमर अल बसिरलाई पक्राउ गरेर बिहीबारदेखि सुडानको सत्ता आफ्नो हातमा लिएको थियो । तर, नागरिकस्तरबाट चर्को विरोध भएपछि सैन्य काउन्सिलका प्रमुख रक्षा मन्त्री अवादले राष्ट्रिय टेलिभिजनमार्फत् सम्बोधन गर्दै पछि हटेको घोषणा गरेका हुन् ।

पछिल्लो केही महिनादेखि राष्ट्रपति ओमरविरुद्ध प्रदर्शन गर्दै आएकाहरुले सैन्य ‘कू’ को विरोधमा सडकमै ओर्लिएर कर्फ्युको समेत बेवास्ता गर्दै प्रदर्शन चर्काएपछि उनी पछि हट्न बाध्य भएका हुन् । उनी सैन्य ‘कू’ पछि सैन्य काउन्सिलको प्रमुख बनेका थिए । उनले आफ्ना उत्तराधिकारीको रुपमा लेफ्टिनेन्ट जनलर अब्देल फतह अब्दुर्ररहमान बुरहानको नाम घोषणा गरेका छन् ।

प्रदर्शनकारीले सैन्य ‘कू’ का नेता अवाद राष्ट्रपति ओमरसँग नजिक रहेको भन्दै सडक छोड्न अस्वीकार गरेका थिए । सेनाले दुई वर्षसम्म देशको शासन सत्ता आफ्नो हातमा रहने र त्यो अवधिमा चुनाव गराएर निर्वा्चित सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);