पाकिस्तानको क्वेटामा भएको बिस्फोटमा २० को मृत्यु, ४० घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पाकिस्तानको क्वेटामा भएको बिस्फोटमा २० को मृत्यु, ४० घाइते

एजेन्सी, २९ चैत । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटामा भएको बिस्फोटमा २० जनाको मृत्यु भएको छ । क्वेटाको हजारगन्ज इलाकास्थित व्यस्त तरकारी बजारमा शुक्रवार भएको बिस्फोटनमा उनीहरुको मृत्यु भएको हो ।

बिष्फोटनमा परेर अन्य ४० जना घाइते भएका पाकिस्तानी सुरक्षा अधिकारीहरुले जनाएका छन् । तरकारी बजारमा रहेको प्रहरीको भ्यानलाई लक्षित गरी विस्फोट गराइएको जनाइएको छ । मृतकमध्ये १९ जना सर्वसाधारण र एकजना प्रहरी रहेका छन् ।

विस्फोट कसले गराएको हो भन्ने प्रष्ट नभएको अधिकारीहरुले जनाएका छन् । बिस्फोट लगत्तै तरकारी बजारमा भागदौड मच्चिएको थियो । शिया समुदायको बाहुल्यता रहेको सो इलाकामा मारिनेमा सबै शिया समुदायका ब्यक्ति रहेको पाकिस्तानी अधिकारीको भनाई छ । यसअघि पनि उक्त क्षेत्रमा सिया समुदाय लक्षित आक्रमण हुने गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);