अमेरीकासँग तेस्रो वार्ताका लागि उत्तर कोरिया तयार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

अमेरीकासँग तेस्रो वार्ताका लागि उत्तर कोरिया तयार

donald-trump-kim-jong-un

एजेन्सी, ३० चैत । उत्तर कोरियाका नेता किम जोङ उनले सही दृष्टिकोण वा मनोवृत्ति रहने भए आफु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तेस्रो वार्ताका लागि तयार हुने बताएका छन् ।

अमेरिका र उत्तर कोरियाबीच तेस्रो बार्ता अनिश्चित भईरहेका वेला नेता किमले शनिवार सरकारी संचारमाध्यम मार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् । नेता उनले बार्ता अघि ट्रम्पले सम्झौताका आधारहरु पारदर्शी र आपसी रुपमा स्वीकार्य हुनु पर्ने समेत बताएका छन् । दुवै देशलाई हित हुने खालको मनसाय सहितको वार्ताका लागि आफू तयार भएको उनको भनाई छ ।

किम र ट्रम्पबीच पहिलो पटक गएको वर्ष सिंगापुरमा भेट भएको थियो । त्यसपछि गएको फ्रबुअरीमा हानोइमा भएको वार्तामा परमाणु निशस्त्रीकरणको प्रक्रियाका बारेमा सहमति नजुटेपछि वार्ता टुटेको थियो । त्यसवेला उत्तर कोरियाले उसमाथि अमेरिकाले लगाएको सम्पूर्ण आर्थिक प्रतिबन्ध हटाइनु पर्ने सर्त राखेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);