विश्वकै ठूलो विमानले अमेरिकाबाट पहिलो उडान भर्योे, अधिकतम गति एक सय ७० माइल प्रतिघन्टा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

विश्वकै ठूलो विमानले अमेरिकाबाट पहिलो उडान भर्योे, अधिकतम गति एक सय ७० माइल प्रतिघन्टा

world big biman

काठमाडौं, १ बैशाख । विश्वकै सबैभन्दा ठूलो विमानले अमेरिकाबाट पहिलो उडान भरेको छ ।

३ सय ८५ फिट लम्बाई भएको यो बिमानको आकार फुटबल मैदान बराबरको रहेको छ । यस बिमानमा दुईवटा एअरक्राफ्ट बडी एकआपसमा जोडिएका छन् भने विमानमा ६ वटा इन्जिन रहेका छन् । स्ट्रेटोलन्च नामक कम्पनी अन्तर्गतको माइक्रोसफ्टका सहसंस्थापक पल एलनले सन् २०११ मा बनाएको यो बिमानले अहिले पहिलो उडान भरेको हो ।

अन्तरिक्षमा सेटेलाइट छोड्नु अघि १० किलोमिटरसम्म उडान गर्ने उद्देश्यका साथ यो विमान निर्माण गरिएको बताइएको छ । यो परियोजना सफल भएको खण्डमा अन्तरिक्षमा कुनै सामान पठाउन रकेट पठाउन भन्दा पनि सस्तो र सुलभ हुने बताइएको छ । पहिलो उडानमा नै यो बिमान १५ हजार फुटको उचाइमा गएको र यसको अधिकतम गति १ सय ७० माइल प्रतिघण्टा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);