अन्तर्राष्ट्रिय संस्था एम्नेस्टी इन्टरनेसनल एआईले भारतमा काम बन्द गर्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

अन्तर्राष्ट्रिय संस्था एम्नेस्टी इन्टरनेसनल एआईले भारतमा काम बन्द गर्ने

एजेन्सी, १३ असोज । मानव अधिकारबादी अन्तर्राष्ट्रिय संस्था एम्नेस्टी इन्टरनेसनल एआईले भारतमा आफ्नो काम बन्द गर्ने निर्णय गरेको छ । भारत सरकारको प्रतिशोधपूर्ण व्यवहारका कारण यस्तो निर्णयमा पुगेको एआईले जनाएको छ । दुई वर्षदेखि लगातारको अनुसन्धान र खातासमेत रोक्का गरिएपछि सबै काम बन्द गर्ने निर्णयमा पुगेको एआईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विगत दुई वर्षयता निरन्तरको कारबाही र बैंक खाता पूर्ण रुपमा बन्द गरिनु संयोग मात्र नभएको ए आइको ठहर छ । एआई भारतका कार्यकारी निर्देशक अविनाश कुमारले दिल्ली दंगा तथा जम्मू–कश्मीरमा मानवअधिकार उल्लंघनका घटनामा दिल्ली प्रहरी र भारत सरकारलाई जिम्मेवार ठहरÞ्याउने तथा भारत सरकारका कामकारबाहीमा पारदर्शीताको मागको नतिजा काम बन्द गर्नुपर्ने अवस्था आएको बताउनु भयो ।

अन्यायका विरुद्ध सधैँ आवाज उठाउँदै आएको अभियान विरुद्धको यो आक्रमण फरक विचारलाई दबाउने कोसिस भएको कुमारको भनाइ छ । यो निर्णयसँगै संस्थामा कार्यरत १ सय ५० भन्दा बढी कर्मचारीले जागिर गुमाएका छन् ।भारत सरकारले एमनेस्टी इन्टरनेसनलमाथि गैरकानुनी रुपमा आर्थिक सहयोग लिएको आरोप लगाउँदै आएको छ ।

अर्थमन्त्रालय अन्तर्गत अनुसन्धान इकाई प्रवर्तन निर्देशनालय ईडीले दुई वर्षदेखि त्यही विषयमामा अनुसन्धान गर्दै आएको थियो । एमनेस्टी इन्टरनेसनलले भने उक्त आरोपको खण्डन गर्दै सबै कानुनको पालना गरेको दाबी गर्दै आएको छ । सन् २०१४ मा सत्तामा आएदेखि नै नरेन्द्र मोदी सरकारले गैरसरकारी संस्थाहरु माथि कडा नीति अपनाउँदै आएको छ । यसअवधिमा दस हजारभन्दा बढी गैससको दर्ता खारेजी समेत गरिएको छ । र, कैयौंमाथि अनुसन्धान भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);