पर्यटन मन्त्री अरगरियाद्धारा पशुपति परिसरभित्र रहेको राम मन्दिरको शिलान्याश | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८३, शनिबार

पर्यटन मन्त्री अरगरियाद्धारा पशुपति परिसरभित्र रहेको राम मन्दिरको शिलान्याश

काठमाडौ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले पशुपति परिसरभित्र रहेको राम मन्दिरको शिलान्याश गरेका छन् । मन्त्री अरगरियाले आईतबार पशुपति परिसरभित्र रहेको राम मन्दिरेको शिलान्याश गरेका हुन् ।

शिलान्यासपछि मन्त्री अरगरियाले राम मन्दिरले धार्मिक पर्यटनमा थप टेवा पुग्ने भन्दै समयमै निर्माण कार्य सम्पन्न गर्न पनि निर्देशन दिएका छन् । मन्दिर पुरातत्व विभागको मापदण्डअनुसार परम्परागत शैलीमा बन्ने जानकारी दिँदै मन्त्री अरगरियाले युनेस्कोको विश्व सम्पदा सूचीमा परेको सम्पदाको कुनै संरचनागत परिवर्तन नहुने बताए ।

साधुसन्तको सुरक्षालाई ख्याल गरेर निर्माण हुने बताउँदै कसैलाई पनि अवहेलना र निकालिने वातावरण अन्त्य गरिने उनको भनाइ थियो ।भूकम्पबाट क्षतिग्रस्त मन्दिरको पुनर्निर्माणका लागि काम शुरू भएको छ ।

७ करोड लगानीमा आगामी साढे दुई वर्षभित्र सक्नेगरी राम मन्दिरको निर्माण शुरू भएको पुशपति विकास कोषका सदस्य सचिव प्रदीप ढकालले बताए । शिलान्याश कार्यक्रममा सदस्य सचिव ढकालले मन्दिर निर्माणको काम समयमै सकिने जानकारी दिएका छन् ।

Leave a Reply