पर्यटन मन्त्री अरगरियाद्धारा पशुपति परिसरभित्र रहेको राम मन्दिरको शिलान्याश | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

पर्यटन मन्त्री अरगरियाद्धारा पशुपति परिसरभित्र रहेको राम मन्दिरको शिलान्याश

काठमाडौ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले पशुपति परिसरभित्र रहेको राम मन्दिरको शिलान्याश गरेका छन् । मन्त्री अरगरियाले आईतबार पशुपति परिसरभित्र रहेको राम मन्दिरेको शिलान्याश गरेका हुन् ।

शिलान्यासपछि मन्त्री अरगरियाले राम मन्दिरले धार्मिक पर्यटनमा थप टेवा पुग्ने भन्दै समयमै निर्माण कार्य सम्पन्न गर्न पनि निर्देशन दिएका छन् । मन्दिर पुरातत्व विभागको मापदण्डअनुसार परम्परागत शैलीमा बन्ने जानकारी दिँदै मन्त्री अरगरियाले युनेस्कोको विश्व सम्पदा सूचीमा परेको सम्पदाको कुनै संरचनागत परिवर्तन नहुने बताए ।

साधुसन्तको सुरक्षालाई ख्याल गरेर निर्माण हुने बताउँदै कसैलाई पनि अवहेलना र निकालिने वातावरण अन्त्य गरिने उनको भनाइ थियो ।भूकम्पबाट क्षतिग्रस्त मन्दिरको पुनर्निर्माणका लागि काम शुरू भएको छ ।

७ करोड लगानीमा आगामी साढे दुई वर्षभित्र सक्नेगरी राम मन्दिरको निर्माण शुरू भएको पुशपति विकास कोषका सदस्य सचिव प्रदीप ढकालले बताए । शिलान्याश कार्यक्रममा सदस्य सचिव ढकालले मन्दिर निर्माणको काम समयमै सकिने जानकारी दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);