भारत सीमा विवाद : चीनसँग ढुँगा हानाहान भएको भोलिपल्ट पाकिस्तानसँग गोली हानाहान | ईमाउण्टेन समाचार

Our Network

भदौ १५ २०८३, मंगलबार

काठमाडौँ, १ भदौ । भारत र पाकिस्तानको सीमा काश्मिरको लाइन अफ कन्ट्रोलको मान्दर क्षेत्रमा दुवै देशका सेनाबीच गोली हानाहान भएको छ। श्रीनगरबाट करिब १८५ किलोमीटर टाढा पर्ने सो क्षेत्रमा बुधबार बिहान सबेरैबाट गोली हानाहान भएको थियो। दुवै देशका सेनाको तर्फबाट एकले अर्कोलाई ताकेरै गोली हानेको प्राप्त समाचारमा जनाइएको छ।

 

सोही क्षेत्रमा गत हप्ता पनि यस्तै गोली हानाहान भएको थियो । त्यसमा परेर एकजना भारतीय सैनिक र एक सर्वसाधारण महिलाको ज्यान गएको थियो। भारत प्रशासित सो क्षेत्रमा यस वर्ष कम्तीमा पनि ३०० वटा यस्तै गोली हानाहानका घटना भएका छन् । तिनमा परेर केही सर्वसाधारण नागरिकका साथै सैनिकको पनि ज्यान गएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

 

यसैगरि गत मंगलबार चीन र भारतको विवादित भूभाग लद्दाखको सीमा क्षेत्रमा तैनाथ रहेका भारतीय र चिनियाँ सेनाबीच ढुंगाहानाहान भएको थियो। उक्त ढुँगा हानाहानमा दुवै तर्फका सैनीक घाइृते भएको बताईएको छ।

ताजा समाचार