संखुवासभामा विप्लव समूह र प्रहरीबीच गोली हानाहान | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

संखुवासभामा विप्लव समूह र प्रहरीबीच गोली हानाहान

काठमाडौं, १२ पुष । संखुवासभामा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच दोहोरो गोली हानाहान भएको छ ।

जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली चैनपुर–४, मैदानेमा पुगेपछि समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर खोलेपछि प्रहरीले पनि जवाफी फायर गरेको प्रहरीले जनाएको छ । सो क्षेत्रमा विप्लव समूहका नेता–कार्यकर्ता भएको सूचनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको थियो ।

प्रहरीलाई देखेपछि विप्लव समूहका कार्यकर्ताले गोली चलाएको प्रहरीले जनाएको छ । विप्लव समूहका कार्यकर्ता जंगलतीर भागेके र अहिलेसम्म कोही पक्राउ नपरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);