तरकारी खेतीकालागि खोटाङका कृषकलाई टनेल वितरण | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

तरकारी खेतीकालागि खोटाङका कृषकलाई टनेल वितरण

खोटाङ, १२ पुष । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कृषकलाई तरकारी उत्पादन गर्नका लागि टनेल वितरण गरेको छ । बीस हप्ते वित्तिय साक्षरता तालिमसँगै किसानको माग बमोजिम तालिममा सहभागी १५ जनालाई नगरपालिकाले तरकारी खेतीका लागी टनेल वितरण गरेको हो ।

वैदेशिक रोजगारमा सम्लग्न परिवारका सदस्यहरुलाई विप्रेषण सदुपयोग सम्बन्धी सामिप परियोजना खोटाङले बीस हप्ते तालिम कार्यक्रम संचालन गरिएको सामिप परियोजना खोटाङका कार्यक्रम संचालक ओजनबाबु आचार्यले बताउनुभयो । तालिम लिइसकेपछि उनिहरु आत्मनिर्भर बन्ने विश्वास गरिएको छ ।

नगरपालिकाको वडा नम्बर –१४ बुइपाका सहभागीहरुलाई शनिबार एक कार्यक्रमको आयोजना गरी वडाध्यक्ष दीनेश राईले टनेल हस्तान्तरण गर्नु भएको हो ।

यस्तै , टनेल वितरण पश्चात टनेल घर निर्माण र टनेल घरमा तरकारी उत्पादनका लागी अपनाउनु पर्ने उपाय तथा सावधानी बारे अभिमुखीकरण तालिम पनि कृषकलाई दिइएको कार्यक्रम संचालक आचार्यले बताउनुभयो । तालिममा सहभागी भइरहेका तथा बाँकी सहभागीले बाख्रा पालन, कुखुरा पालन, बँगुर पालन लगायत काम गर्ने सहभागीले बताएका छन । ४ वटा समुहमा विभाजन गरि उनिहरुलाई तालिम दिएको हो । तालिममा १ सय जना सहभागीले नगरपालिकाको नेतृत्वमा वडा नम्बर – १४ बुइपामा बालसेवा समाजले संचालन गरिरहेको वित्तिय साक्षरता कक्षा लिइरहेको जनाइएको छ ।

तालिममा सहभागीहरुलाई २० हप्ते वित्तिय साक्षरता कक्षा संचालन गरिनुका साथै चार हप्ता मनोसामाजिक परामर्श तालिम दिइएको छ । विप्रेषण सदुपयोग र व्यवस्थापानका लागी व्यवहारीक ज्ञान भएको वित्तिय साक्षरता कक्षा सम्बन्धी पाठ्यपुस्तक साथै दैनिक हिसाब किताबको आर्थिक रकम राख्न पासबुक समेत वितरण गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);