आफ्नै बममा आफैं मारिँदै विप्लव कार्यकर्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आफ्नै बममा आफैं मारिँदै विप्लव कार्यकर्ता

biplov sainya abhyas

काठमाडौं, ६ साउन । करिब तीन महिनाको अवधिमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ६ जना नेता कार्यकर्ता आफैंले बोकेको बमबाट मारिएका छन् । सरकारले २८ फागुनमा प्रतिबन्ध लगाएपछि भूमिगत गतिविधि सञ्चालन गर्दै आएको विप्लव समूहका नेता कार्यकर्ता आफैंले बोकेको बम विस्फोट हुँदा मारिएका हुन् ।

गत १२ जेठमा राजधानीको सुकेधारा, अनामनगर र थानकोटमा भएको विस्फोटदेखि २ साउनमा धनगढीमा भएको विस्फोटसम्मका चार घटनामा ६ जना विप्लव नेता कार्यकर्ताको ज्यान गएको हो ।

गत जेठमा राजधानीको सुकेधारामा बम विस्फोट हुँदा तीन जना नेकपाका नेता कार्यकर्तासहित एक सर्वसाधारणको ज्यान गएको थियो । सो विस्फोटमा नेकपाका नेताहरू कृष्णप्रसाद भण्डारी ‘निरन्तर’, गाधीराम रानामगर ‘गोकुल’ र दीपेन्द्र विक ‘देउराम’ को ज्यान गएको थियो ।
यसैगरी सोही दिन नै घट्टेकुलोमा भएको विस्फोटमा विद्यार्थी नेता प्रज्वल शाहीको ज्यान गएको थियो । सो विस्फोट भने कोठाभित्र बम राखिएकै अवस्थामा भएको थियो ।

यसैगरी, सोही दिन नै थानकोटमा आफैंले बोकेको बम विस्फोटमा परी घाइते भएका अर्का एकको समेत निधन भएको थियो भने यी तीन घटनामध्ये सुकेधारामा एक सर्वसाधारण मारिएका थिए । यसैगरी, गत बिहीबार धनगढीमा नेकपाका कार्यकर्ता रामबहादुर सिंह ‘राजेश’को आफैंले बोकेको बम विस्फोट हुँदा मृत्यु भएको थियो । सो विस्फोटमा अर्का एक जना विप्लव कार्यकर्ता घाइते भएको प्रहरीले बताएको छ ।
यस बीचमा भएका बम विस्फोटका घटनामा परी विप्लव नेता कार्यकर्ता र सर्वसाधारण गरी १० जना घाइते भएको प्रहरीले बताएको छ ।

विप्लव समूहलाई सरकारले लगाएको प्रतिबन्धपछि सो समूहबाट देशभर गरी १९ वटा विस्फोटका घटना भएको प्रहरीले जनाएको छ । यस्तै, यसबीचमा ९५ वटा बम निष्क्रिय पारिएको र १० स्थानमा आगजनी र तोडफोडका घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।
प्रतिबन्दयता हालसम्म प्रहरीले विप्लव समूहका नेता कार्यकर्ताबाट विभिन्न प्रकारका गरी २३ नाल हतियारसमेत बरामद गरेको छ । यसैगरी, ४१७ राउन्ड गोली, ४ थान डेटोनेटर र ३१ मिटर डेटकर्ड सो समूहबाट बरामद भएको प्रहरीको तथ्यांकले देखाएको हो । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);