भारतमा बाढीका कारण मृत्यु हुनेको संख्या १ सय नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भारतमा बाढीका कारण मृत्यु हुनेको संख्या १ सय नाघ्यो

india ma badi

एजेन्सी, १३ असोज । भारीे वर्षा भएपछि आएको बाढीका कारण भारतका उत्तर प्रदेश र बिहार राज्यमा मृत्यु हुनेको संख्या १ सय नाघेको छ । उक्त राज्यका सहरी क्षेत्रमा वर्षा र बाढीले जनजीवनलाई नराम्ररी प्रभावित भएको छ ।

अधिकारीहरूका अनुसार रेल सेवा, अन्य यातायात, स्वास्थ्य सेवा, विद्यालय तथा विद्युत् आपूर्ति अस्तव्यस्त भएका छन् । बिहीबारयता उत्तर प्रदेशमा मात्रै ९३ जनाको मृत्यु भएको बताइएको छ भने बिहारमा २९ जनाको मृत्यु भएको उक्त राज्यको विपद् व्यवस्थापन निकायले जनाएको छ । बाढीले बिहारको मुख्य सहर पटना पनि प्रभावित हुनुका साथै अस्पतालमा पनि बाढी पसेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);