सुनसरीमा आज थप दुई जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सुनसरीमा आज थप दुई जनाको मृत्यु

सुनसरीमा बाढीमा परी मृत्यु हुनेको संख्या नौ पुग्यो –

 

३० साउन सुनसरी । वर्षासँगै आएको बाढीमा परी सुनसरीमा सोमबार थप दुई जनाको मृत्यु भएको छ । यससँगै बाढीमा परी मृत्यु हुनेको संख्या सुनसरीमा नौ पुगेको छ । शनिबार बिहान र शुक्रबार राति सात जनाको मृत्यु भएको थियो । उनीहरुको बाढीका कारण मृत्यु भएको थियो ।

 

बाढीले गर्दा सुनसरीमा ७ हजारभन्दा बढी स्थानीय विस्थापित भएका छन् । बाढीले झोक्राहा, कोशी, हरिनगरा, रामनगर भुटाहा, गौतमपुर र हरिनगरा क्षेत्रका सयौं घर डुवानमा परेका छन् ।

 

देवानगन्ज, गढी र बर्जु गाउँपालिकमा तीन हजार पाँच सय घर डुबानमा परेका छन् । स्थानीय अर्जुन मेहताका अनुसार कप्तानगन्ज र साहेवगन्ज क्षेत्र पूर्णरुपमा डुवानमा परेका छन् । तीन दिनदेखि विद्युत् सेवासमेत अवरुद्ध छ ।

 

नेपाल विद्युत प्राधिकरण दुहवी ग्रिडको कन्ट्रोल प्यानलमा पानी पसेकाले कोशीपूर्वका जिल्लामा विद्युत सेवा अवरोध भएको हो । चार दिनदेखिको अविरल वर्षा र बाढीका कारण स्थानीयको जनजीवन निकै प्रभावित भएको छ ।

 

स्थानीय बासिन्दाले नवनिर्वाचित जनप्रतिनिधिहरुले पनि बाढीपीडितको उद्धार तथा राहतको लागि कुनै पहल नगरेको गुनासो गरेका छन् । बाढीबाट विस्थापित भएका करिब १५ सय नागरिकले विभिन्न विद्यालयमा शरण लिएका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);