बाढीका कारण भासिएको तुलसीपुर–घोराही सडकखण्डको मर्मत सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

बाढीका कारण भासिएको तुलसीपुर–घोराही सडकखण्डको मर्मत सुरु

३० साउन काठमाडौं । बाढीका कारण भासिएको तुलसीपुर–घोराही सडकखण्डको मर्मत सुरु गरिएको छ । सडक भासिएका कारण अवरुद्ध बनेको यातायात सेवा सुचारु गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सडक डिभिजन कार्यालयको टोलीले मर्मत थालेको हो ।

 

दाङका सहरी क्षेत्र जोड्ने सडकहरु अवरुद्ध हुँदा नागरिकले सास्ती पाएकाले तत्काल खुलाउनतर्फ लागिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

 

बाढी र पहिरोका कारण अहिले दाङका राप्ती राजमार्ग, तुलसीपुर–पुरन्धारा सडक, तुलसीपुर– घोराही– लमही सडक अवरुद्ध छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);