लमही–घोराही–तुलसीपुर चार लेन सडक छिटो बनाउन नेकपाकाे माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

लमही–घोराही–तुलसीपुर चार लेन सडक छिटो बनाउन नेकपाकाे माग

दाङ। नेपाल कम्युनिस्ट पार्टी दाङले लमही–घोराही–तुलसीपुर चार लेन सडक निर्माण छिटो गर्न माग गरेको छ। यो सडक निर्माण अविलम्ब नगरे आन्दोलनमा उत्रने चेतावनी दिएको छ।

नेकपा दाङका सेक्रेटरी जनक सीले प्रेस विज्ञप्ति जारी गर्दै लमही–घोराही–तुलसीपुर चार लेन सडक निर्माणमा लापरबाही भएको बताए । विज्ञाप्तीमा उनले निर्माणमा ढिलासुस्ती गरे चरणबद्ध आन्दोलन र संघर्षमा जाने चेतावनी दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘लमही–घोराही–तुलसीपुर फोर लाइन सडक निर्माणमा भइरहेको लापरबाही र ढिलासुस्तीका कारण हजारौं जनताले दुःख पाउनुका साथै सडकको धुँलोले जनस्वास्थ्यमा गम्भीर असर पारिरहेको छ। सम्बन्धित सरोकारवाला निकायको लापरबाहीको कारण जनतालाई पर्न गएको असरप्रति नेपाल कम्युनिस्ट पार्टी दाङको ध्यानाकर्षण भएको छ। समबन्धित परियोजना, निर्माण व्यवसायी, सरकारी निकाय यस विषयमा जिम्मेवारीपूर्ण रुपमा सडक निर्माणमा लागुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);