४ बर्ष सम्म पुल नबन्दा नागरिकले अकाल मै ज्यान गुमाउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

४ बर्ष सम्म पुल नबन्दा नागरिकले अकाल मै ज्यान गुमाउँदै

विकास डाँगी
दाङ।
दाङका खोलामा लामो सयम सम्म पुलहरू समय मै निर्माण नहुदाँ नागरिकहरूले सास्ती भोग्नुको साथै अकाल मै ज्यान समेत गुमाएका छन् । घोराही तुलसीपुर सडक खण्डमा पर्ने पत्र खोलाको पुल र घोराही लमही सडक खण्डमा पर्ने सिस्ने खोला पुल निर्माण कार्य गर्न लागेको भएयता पनि अझै सम्पन्न भएको छैन । जसका कारण बुधबार राति सिस्ने खोलाले गाडी बगाएर ४ जनाले अकाल मै ज्यान गुमाए । एक जना घाइते भएका छन् ।

तुलसीपुर देखि घोराही सम्म करिब एक दर्जन खोलाहरु पर्दछन् । तर, ती मध्ये पत्र खोला र सिस्ने खोलामा पुल निर्माणको लामो समय हुदाँ पनि निर्माण भएको छैन भने हापुर र सेवा खोलामा पुल नै छैन । सिस्ने खोलामा पक्कीपुल बनाउन थालेको ४ वर्ष भन्दा बढी भयो । तर, अहिले सम्म पुल सञ्चालनमा आउन सकेको छैन ।

ठेकेदार, सडक डिभिजन कार्यालयको लापरबाहीका कारण समयमा पुल नबन्दा नागरिकहरू दुख पाएको स्थानीयको भनाई छ । घोराही ४ सिस्ने खोला नजिकैका स्थानीय रेशमबाल अधिकारीले बुधबार राति घटना घट्नुको कारण राज्य र निर्माण व्यवसासीको लापरबाही भएको बताए ।

उनले भने, ‘पुल निर्माण गर्ने समय २ बर्षको हो, भनेर हामीले थाहा पाएका थियौँ । तर, अहिले ४ वर्ष हुँदा पनि निर्माण नहुनु भनेको राज्य र निर्माण व्यवसायीको लापरबाही हो । यदि यो पुल समयमा निर्माण भएको भए बुधबार राति यस्तो घटना हुने थिएन होला ।’ उनले पुल मात्र नभई सडकको अवस्था पनि उस्तै रहेको समेत बताए ।

सडक पनि राम्रो नहुदाँ पैदल यात्री देखि सवारी साधनहरुले पनि समस्या भोग्दै आएको उनको भनाई थियो । उनले भने,‘ यो समस्याको लागि हामी सम्बन्धित निकायमा जादाँ हामीले ठेक्दारलाई जिम्मा दिएका छौँ,भन्ने कुरा आउँछ । ठेक्दारलाई भन्दा हामीले काम गरिरहेका छौँ । हामीलाई पैसा आएको छैन, कसरी गर्ने भन्ने जवाफ आउँछ । हामीले कहाँ जाने र कसलाई भन्ने यो समस्याको बारेमा ।’


उनी यसो भन्छन् घटनाका बारेमा

बुधबार राती करिब करिब ९ बजेतिर खोलामा एक्कासी ठुलो बाढी आएको थियो । खोलामा ठूलो बाढी आएपछि वरपरका स्थानीयहरु बस्तीमा क्षति गर्न सक्छ भन्दै खोला तिर गए । त्यति बेला खोला वारको पार थियो । बस्तीलाई क्षति पु-याएर आएको थियो । म २० मिटरको दुरीमा थिए । उक्त गाडी बगेको देखे । तर, खोला एकदमै ठूलो भएका कारण स्थानीयहरु बचाउन जादाँ जादै खोलाले बगाएर लगेको थियो ।
खोलाले बगाउँदा घोराही १३ की सुशीला श्रेष्ठ सोही ठाउँकी रिता मायाँ पुन, घोराही १४ की राधा श्रेष्ठ र विमला केसीको मृत्यु भएको हो । गाडी चालक घोराही १५ का नरबहादुर पुन घाइते भएका छन् ।

सिस्ने खोलामा पुल बनाउनको लागि साढे ४ वर्ष अघि, १८ महिनामा काम सक्ने गरी साढे ७ करोडको ठेक्का एडभेन्चर जेभी लाई दिइएको थियो । १८ महिनामा सक्ने भनिएको पुलको काम ४ वर्ष सम्ममा करिब ९० प्रतिशत सकिएको छ । निर्माण व्यवसायी र सडक डिभिजन कार्यालयको लापरबाहीको कारणले समयमा पुल निर्माणको काम हुन नसक्दा यस्ता घटना पटक पटक हुँदा मानवीय क्षति भइरहेको छ ।

त्यस्तै, घोराही – तुलसीपुर सडक खण्डको पत्रे खोलामा पनि पक्की पुल बनाउनको लागि ६ वर्षअघि १७ महिनामा काम सक्ने गरी, साढे ३ करोडको ठेक्का शंकर मालि निर्माण कम्पनीलाई दिइएको थियो ।पुल निर्माणको काम अहिले ९५ प्रतिशत सकिएको छ । बाँकी ५ प्रतिशत काम पुरा हुन नसक्दा यातायातका साधन खोलाबाट आउ जाउ गर्दै आएका छन् ।

यता दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले भने समय मै काम नगर्नेलाई कारबाही गर्न धेरै कानून बनेको भएता पनि त्यो कार्यान्वयन नहुदाँ समस्या भएको बताए । उनले भने,‘ यदि कसैले तोकेको समयमा र गुणस्तरीय काम नगरे सजाएको व्यवस्था छ । कुनै पनि पूर्वाधार निर्माणको लागि राज्यले पैसा दिएको छ ।

तर, क्षमता नभएका व्यक्तिहरुले जिम्मा लिदाँ काम भएको छैन ।’ त्यस्तै उनले जिल्लामा विकास निर्माणको लागि राज्यले धेरै लगानी गरेको भएता पनि त्यो काम हुन नसकेको समेत बताए । उनले राज्यले लगानी गरेको अनुसार समय मै काम भएको भए जिल्ला धेरै अगाडि बढी सक्ने भन्दै काम नगर्दा नै समस्यामा परेको बताए । ‘ अहिलेको कानूनले समय सीमा भित्र काम नगरे । गुणस्तरहीन काम गरे, करारको सर्त पालन नगरे १० वर्ष सम्म कैद सजायको ब्यवस्था गरेको छ । अब पनि काम नगरे त्यहि कानुन अनुसार कारबाही गर्दछौँ,’ उनले भने ।

त्यस्तै सिस्ने खोलामा पुल बनाउने निर्माण कम्पनीका प्रतिनिधीलाई तत्काल पक्राउ गर्न सिडीयो कुरुम्बाङले गत असार २८ गते पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराउन बाँके प्रहरीलाई पत्र पठाएका थिए ।

उनले प्रहरीलाई पत्र लेख्दै सिस्ने खोला पुल निर्माणमा चरम ढिला सुस्ती गरेको भन्दै तत्काल एडभेन्चर – जेभीका प्रतिनिधी यज्ञ केसीलाई तत्काल पक्राउ गरेर प्रशासनमा उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय बाँकेलाई पत्र पठाएका थिए । पु

ल निर्माणमा ढिलाई भएको गुनासो आएपछि यस अघि जुलाई १२ अर्थात असार २८ गते पुल निर्माण स्थलमा निर्माण व्यवसायीका प्रतिनिधी केसीको तस्विर फेसबुकमा अपलोड गर्दै एक महिना अर्थात साउन २८ गतेमा पुल निर्माण सक्ने प्रतिबद्धता जनाएको भनी सिडियो कुरुम्बाङले लेखेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);