सिन्धुलीमा सडक भासियो, बैकल्पीक मार्गको अभाव, सयौं सवारी अलपत्र | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

सिन्धुलीमा सडक भासियो, बैकल्पीक मार्गको अभाव, सयौं सवारी अलपत्र

सिन्धुलीको शीतलपाटी गाविसको त्रिवेणीमा सडक भासिँदा बिपी राजमार्ग अवरुद्ध, तत्काल डाइभर्सनको सम्भावना नरहेकाले सयौं सवारी अलपत्र

सिन्धुलीमा सडक भासियो

सिन्धुली । सिन्धुलीको शीतलपाटी गाविसको त्रिवेणीमा सडक भासिँदा बिपी राजमार्ग अवरुद्ध भएको छ । 

आइतबार राति एक्कासी पहिरोले सडक भासिएको हो । झण्डै डेढसय फिट बाटो भासिएकाले सडक खुलाउन समस्या भएको छ ।

काठमाडौंबाट इन्जिनियरको टोली हिँडेको र सर्वेक्षण गरेपछि मात्रै सडक मर्मत गरिने डिभिजन सडक कार्यालय खुर्कोटका डिभिजनल इञ्जिनियर राजेश महर्जनले जानकारी दिनुभयो ।

तल सुनकोशी नदी भएकाले डाईभर्सन गर्ने ठाउँ समेत नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक उत्तमप्रसाद बरालले बताउनुभयो ।

सडक भासिएपछि रामेछाप, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, सिन्धुली सहित पूर्व जाने यात्रुलाई समस्या भएको छ ।

बाटो छोटो भएकाले पूर्व चल्ने साना गाडी यही सडकबाट चल्ने गरेका थिए । जापान सरकारले बनाएको बीपी राजमार्गमा दुई वर्षअघिदेखि गाडी चल्न थालेको हो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);