सिन्धुलीको सितलपाटीमा सडक भासिंदा पूर्व जाने यातायात प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सिन्धुलीको सितलपाटीमा सडक भासिंदा पूर्व जाने यातायात प्रभावित

सुमित श्रेष्ठ
फगुन ११, रामेछाप
सिन्धुली जिल्लाको सितलपाटी गाविसको त्रिवेणीमा विपी राजमार्गको सडक भासिएपछि काठमाडौंबाट पूर्व जाने र काठमाडौं आउँने करिब एक दर्जन जिल्लाका यात्रु प्रभावित भएका छन् । राजमार्गको करिब ५० मिटर सडक भासिएपछि राजमार्ग निर्माणका क्रममा खनिएका डाइभर्सनबाट यातायात सुचारु गरिए पनि ठूला यात्रुबाहक तथा मालबाहक गाडीहरु

सिन्धुलीको सितलपाटीमा सडक भासिंदा पूर्व जाने यातायात प्रभावित

सुमित श्रेष्ठ
फगुन ११, रामेछाप सिन्धुली जिल्लाको सितलपाटी गाविसको त्रिवेणीमा विपी राजमार्गको सडक भासिएपछि काठमाडौंबाट पूर्व जाने र काठमाडौं आउँने करिब एक दर्जन जिल्लाका यात्रु प्रभावित भएका छन् ।   राजमार्गको करिब ५० मिटर सडक भासिएपछि राजमार्ग निर्माणका क्रममा खनिएका डाइभर्सनबाट यातायात सुचारु गरिए पनि ठूला यात्रुबाहक तथा मालबाहक गाडीहरु भने बन्द रहेका छन् ।

साना सवारी साधनहरु पनि विहान ६ बजेदेखि बेलुका ६ बजेसम्म मात्र सञ्चालन हुने गरेको छ । साइभर्सनको दुई तिरको प्रवेश द्धारमा प्रहरी राखेर पालैपालो एकतर्फि रुपमा दुवै तिरको यातायात पार गराउँने गरिएको छ । साँघुरो सडकका कारण दुवैतिरको सवारी साधनलाई पालैपालो एकतर्फी पार गराउँदा पालोका लागि यातायातले घण्टौं कुर्नुपर्ने बाध्ययता छ ।   

ठूला यात्रुबाहक सवारीका साधनहरु नचल्दा यात्रुहरु समस्या परेका छन् । रामेछापको सित्खाबाट सदरमुकाम मन्थली हुँदै सिन्धुलीको खुर्कोट भएर पूर्व जाने भनिए पनि साँघुरो र कम्जोर सडकका कारण मालबाहक साधन भने पूर्ण रुपमा बन्द रहेको छ ।  टाटासूमो  तथा हाइस गाडी दैनिक ७ सय, ठूला सवारीका साधन १ सय र मालबालहक यातायात दैनिक १ सय गरि दैनिक ९ सयको हाराहारीमा सवारीका साधान तथा मालबाहक साधन सञ्चालन हुँदै आएका सडक भासिएपछि दैनिक ६ सयको हाराहारीमा साना यातायात मात्र सञ्चालन हुने गरेको इलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीले जनाएको छ ।

पूर्वको झापा, इलाम, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ लगायत एक दर्जन जिल्लाहरुमा सो सडक भएर यातायता चल्ने गर्दछ । रात्री सेवाका बस बाहेक पूर्व जाने सबै यातायातहरु सोही सडक भएर चल्ने गर्दछ । सो सडक जापानको हाजमा नामक कम्पनीले निर्माण गरेको हो । निर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गरेको दुई वर्ष नपुग्दै सडक भासिएकाले भासिएको सडक अब हाजमा कम्पनीले नै निर्माण गर्नुपर्ने छ ।

सडक निर्माण सम्पन्न भएर नेपाल सरकारलाई हस्तानतरण गरेको दुई वर्षभित्रमा सडक भत्किएमा भासिएमा सम्बन्धित कम्पनीले नै निर्माण गर्नुपर्ने नेपाल सरकार र निर्माण कम्पनीबीचको दोहोरो सम्झौता छ ।

 

 

 

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);