भारतीय प्रहरीद्धरा फेरी नेपालीहरु कुटिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

भारतीय प्रहरीद्धरा फेरी नेपालीहरु कुटिए

मोहम्मद ईजहार शेष, ११ फागुन नवलपरासी ।
सुस्ता क्षेत्रलाई बचाउनका लागि सुस्ता क्षेत्रका आसपासका बासिन्दाले देखाएको सक्रियताका कारणले नै भारतका एसएसबीहरु पटक पटक सो क्षेत्रका बासिन्दाहरुलाई निसाना बनाउने गरेका छन् । यस्तै सुस्ता नजिक रहेको पक्लीहंवा गाविसका ३ जना बासिन्दालाई भारतीय एसएसबीले झिनो कुरालाई ठुलो बनाउदै गम्भीर कुटपिट गरेको

भारतीय प्रहरीद्धरा फेरी नेपालीहरु कुटिए

मोहम्मद ईजहार शेष, ११ फागुन नवलपरासी ।
सुस्ता क्षेत्रलाई बचाउनका लागि सुस्ता क्षेत्रका आसपासका बासिन्दाले देखाएको सक्रियताका कारणले नै भारतका एसएसबीहरु पटक पटक सो क्षेत्रका बासिन्दाहरुलाई निसाना बनाउने गरेका छन् । यस्तै सुस्ता नजिक रहेको पक्लीहंवा गाविसका ३ जना बासिन्दालाई भारतीय एसएसबीले झिनो कुरालाई ठुलो बनाउदै गम्भीर कुटपिट गरेको छ । भारतीय प्रहरीको कुटपिटले मंगलवार पक्लीहंवाका ३ जना गम्भीर घाईत्ते भएका छन् । कुटपिटका कारण मरकान्डे चौधरी , पवन चौधरीसहित ३ जना घाईत्ते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । कुटपिटका कारण मरकान्डेको हाथ भाँचेको छ भने ढाँडमा समेत चोट लागेको छ ।

 

भारतीय प्रहरीको लाठिले कुटिदा एकजनाको टाउको फुटेको , आँखामा चोट लागेको छ । भारतीय प्रहरीले सिमा मिचेर डियुटि गर्न बनाएको अस्थायि पलास्टिकको टहरा खसेकाले नेपालीनै खसालेको भन्दै मंगलवार बिहान घरायसी कामका लागि भारत तर्फ जादै गरेका चौधरी समुहलाई भारतीय प्रहरीले कुटेको हो । नवलपरासीको सिमावर्ति क्षेत्रमा भारतीय प्रहरी हरितयार सहित डियुटि गर्ने गरेको र बेलाबखतमा नेपालीहरुलाई कुट्ने गरेपनि नेपाली प्रशासन मुकदर्शक भन्दा अरु केही गर्न सकेको छैन । सुस्ता र पक्लीहंवा क्षेत्र सदरमुकाम परासीवाट २५ किलोमिटर सिमाक्षेत्रमा पर्दछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);