एसएसबीको दादागिरी कायमै, दार्चुलामा नेपाली मजदुरमाथि आँखै फुट्नेगरी कुटपिट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एसएसबीको दादागिरी कायमै, दार्चुलामा नेपाली मजदुरमाथि आँखै फुट्नेगरी कुटपिट

बाशुदेव बडू

दार्चुला, २५ जेठ । भारतीय सीमा सुरक्षाबल (एसएसबी) का जवानले धारचुलामा नेपाली मजदुरलाई निर्घात कुटपिट गरेका छन् । मजदुरी गरेर फर्किएका दार्चुला महाकाली नगरपालिकाका नन्दनराम लोहारलाई एसएसबीका जवानले कुटपिट गरेका हुन् ।

भारतीय बजार धारचुलामा मजदुरी गरेर फर्किएका महाकाली नगरपालिका छापरीका नन्दनराम लोहारलाई महाकाली झोलुंगे पुलको सुरक्षामा खटिएका एसएसबीका हवल्दार इन्द्र सिंहले निर्घात कुटपिट गरेका हुन् ।

कुटपिटबाट लोहार गम्भिर घाइते भएका छन् । बिना कारण एसएसबीका जवानले आफुलाई कुटपिट गरेको लोहारको भनाइ छ ।

लोहारको आँखा, नाक, मुख र छातीमा गहिरो चोट लागेको छ । जिल्ला अस्पताल दार्र्चु्लामा उपचार हुन नसकेपछि थप उपचारको लागि लोहारलाई कैलालीको गेटा आँखा अस्पताल रिफर गरिएको छ ।

घटना लगत्तै घाईते लोहारले नेपाल प्रहरीलाई खबर गरेका थिए । दार्चुलाका सशस्त्र प्रहरी सिमा सुरक्षा गुल्मका डिएसपी अम्बिकाप्रसाद जोशीले भारतीय एसएसबी का कमान्डर जोद सिंहलाई जिल्ला प्रहरी कार्यालय दार्चुलामा बोलाएर छानबिन सुरु गरेको बताए ।

सीमा नाकामा एसएसबीले नेपालीलाई पटक पटक आक्रमण गर्ने गरेको छ । सो क्षेत्रका सरोकारवाले एसएसबीको दादागिरी रोक्न कुटनीतिक तवरबाट पहल गर्न केन्द्र सरकारसँग माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);