विहे गर्न नमानेपछि युवतीको आँखा घोचेर अनुहारमा तातो ध्यू खन्याइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

विहे गर्न नमानेपछि युवतीको आँखा घोचेर अनुहारमा तातो ध्यू खन्याइयो

पुस्कर भट्ट

कञ्चनपुर, ३० फागुन । आफुसँग बिवाह गर्न नमानेपछि कञ्चनपुरमा एक युवकले युवतीमाथि निर्घात कुटपिट गरेका छन् । कञ्चनपुरको भिमदत्त नगरपालिका ५ कि २४ वर्षीया सोनी चन्दलाई भिमदत्त नगरपालिका १० का राकेश चन्दले निर्घात कुटपिट गरेका हुन् ।

राकेशले सोनीको आँखामा औलाले घोचेर घाउ बनाइदिएका छन् भने अनुहारमा उम्लिरहेको तातो ध्यू खन्याइदिएका छन्। महेन्द्रनगर आँखा अस्पतालमा उपचार हुन नसकेपछि सोनीलाई थप उपचारका लागि कैलालीको गेटा अस्पताल लगिएको छ । सोनीमाथी हमला गर्ने राकेश चन्द फरार छन् । प्रहरीले उनको खोजि गरिरहेको छ ।

गत हप्ता मात्रै कैलालीमा बोक्सीको आरोपमा महिलामाथी निर्घात कुटपिट भएको घटना सेलाउन नपाउँदै बुधबार कञ्चनपुरमा पनि महिलामाथि कुटपिट भएको हो । कुटपिटबाट सोनीको आँखामा गम्भिर चोट लागेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);