सीमा क्षेत्रमा भारतीय ज्यादती रोक्न स्थानीयको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सीमा क्षेत्रमा भारतीय ज्यादती रोक्न स्थानीयको माग

sima bibad

पाण्डव पुजारा
कैलाली, ९ चैत
। भारतीय सुरक्षा बल एसएसबीका कारण सीमानाका क्षेत्रका नेपालीले दुःख पाउने गरेका छन् । एसएसबीले नाकामा नेपालीलाई कुटपिट गर्ने र लुट्ने गरेका छन् । नेपालीमाथी पटक पटक एसएसबील दुव्र्यवहार गर्दा पनि सरकार मौन बसेको सीमा क्षेत्रका नेपालीको गुनासो छ । भारतीय ज्यादती रोक्न सीमा क्षेत्रका स्थानीयले माग गरेका छन् ।

नेपाल भारत सीमा क्षेत्रमा भारतीय ज्यादती रोकिएको छैन । दुईदेशको सीमा नाका खुल्ला भएका कारण नेपाली रोजगार र किनमेलका लागि नाकामा पुग्ने गरेका छन् । तर नाकामा भारतीय सुरक्षा बल एसएसबीले दुव्र्यवहार गर्ने क्रम रोकिएको छैन । केहिदिन अघि कैलालीको त्रिनगर भन्सार नजिकै गौरीफन्टा नाकामा भारतीय एसएसबीका जवानले धनगढी उपमहानगरपालिका– ३ बिशालनगरका अरबिन्द्र थापामगरलाई बिना कारण कुटपिट गरेका थिए ।

भारतीय ज्यालतीका विरुद्ध सीमा क्षेत्रका नेपालीले आन्दोलन गर्ने गरेका छन् । नेपालीमाथी पटक पटक आक्रमण हुँदा दुईदेशका सीमा सुरक्षाले मिलापत्रबाट विवाद सुल्झाउने गरेका छन् । तर एसएसबीले अनेक बहानामा नाकामा दुःख दिने गरेको स्थानीयको गुनासो छ ।

सीमा नाकामा नेपाली सुरक्षा निकायको उपस्थिति नहुँदा भारतीय हस्तक्षेप बढेको हो । नेपाली सुरक्षा निकायले भारतीय ज्यादती रोक्ने विशेष योजना ल्याउने प्रतिबद्धता जनाएको छ ।

नेपाल भारत सीमा क्षेत्रको विवाद नयाँ भने हैन । वर्षौदेखि भारतले सीमा क्षेत्रमा नेपालीलाई दुःख दिँदै आएको छ । त्यसैले सीमा क्षेत्रका नेपालीले प्रधानमन्त्री केपी शर्मा ओलीललाई भारत भमणका क्रममाम सीमा क्षेत्रमा हुने भारतीय ज्यादती समाधान गर्न आग्रह गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);