जुवा खेल्न नमान्दा निर्घात कुटपिट | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

जुवा खेल्न नमान्दा निर्घात कुटपिट

बैतडी । बैतडीको डिलाशैनीका एक व्यक्तिमाथि निर्घात कुटपिट भएको छ । डिलाशैनी-१ का ५७ वर्षीय अकबर रानामाथि स्थानीय ब्यापारी महाविर धामीले निर्घात कुटपिट गरेका हुन् ।

रातिको समयमा मदिरा सेवन गरेका धामीले जुवा खेल्न नमान्दा रानामाथि कुटपिट गरेको पीडितका छोरा महेश रानाले बताए । रानालाई घरबाट जवरजस्ती आफ्नो पसलमा लगेर कुटपिट गरेको उनले बताए ।

कुटपिटबाट रानाको टाउको, नाक, मुख र आँखामा चोट लागेको छ । घटनाका बारे प्रहरीलाई खबर गरेपछि प्रहरीले दुवै पक्षलाई सिमार प्रहरी चौकीमा बोलाएको छ । अहिले दुवै पक्षबीच छलफल भइरहेको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);