जेठाजु र बुहारीलाई वडा कार्यालयमै निर्घात कुटपिट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

जेठाजु र बुहारीलाई वडा कार्यालयमै निर्घात कुटपिट

jethaju buhari kutpit

महोत्तरी, १४ चैत । अवैध सम्बन्ध राखेको आरोपमा वडाध्यक्षले जेठाजु र बुहारीलाई वडा कार्यालयमा निर्घात कुटपिट गरेका छन् ।
सोनाम गाउँपालिका ७ सुन्दरपुरका वडाध्यक्ष महेश यादवले स्थानीय ५५ बर्षीय बाबुलाल (नाम परिवर्तन) र उनका भाइबुहारी पर्ने ४५ बर्षीया अनिता (नाम परिवर्तन) लाई अवैध सम्बन्ध राखेको आरोपमा कुटपिट गरेको प्रतक्ष्यदर्शीले बताए ।

हातखुट्टा बाँधेर कार्यालयको बैठकमा बन्द गरी कुटपिट गरेको स्थानीयको भनाइ छ । समाचारमा लेखिएको छ, यो घटनाको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अहिले खैलाबैला मच्चिएको छ । कोठामा बाबुलाललाई लुंगीले खुट्टा बाँधेर भुइँमा सुताइयो । गन्जी र पाइन्ट लगाएका युवक अमृत रायले उनलाई लठ्ठीले कुटपिट गरे ।

लठ्ठीको चोट सहन नसकी उनले आफूलाई जोगाउन गुहार मागिरहँदा पनि कसैले बचाउ गरेन । कोठामा कुर्सीमा बसेका पाँच सातजना स्थानीय रमिते बनेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको छ । पञ्चायतमा वडाध्यक्ष यादवले अनितालाई आफैले समेत कुटपिट गरेका थिए । आजको नागरिक दैनिकको पृष्ठ ५ मा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);