बोक्सीको आरोपमा निर्घात कुटपिट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

बोक्सीको आरोपमा निर्घात कुटपिट

yubati kutpit kailali

काठमाडौं, २६ फागुन । महिला अधिकारवादीहरु प्ले कार्ड बोकेर सडकमा प्रदर्शन र तारे होटलको गोष्ठीमा रमाइरहँदा कैलालीमा एक किशोरीमाथि बोक्सीको आरोपमा निर्घात कुटपिट गरिएको छ ।

कैलालीको घोडाघोडी नगरपालिकामा बोक्सीको आरोपमा १८ बर्षीय किशोरीमाथि निर्घात कुटपिट गरिएको हो । १८ वर्षीया राधा चौधरीमाथि टोलका एक सयभन्दा बढी मानिसलाई रमिते बनाएर कुटपिट गरिएको हो । राधालाई गाउँकै भोलेबाबा भनिने रामबहादुर चौधरीले आफ्नो घरमा भएको पूजामा नआएको भन्दै बोक्सीको आरोपमा मरणासन्न हुने गरी कुटपिट गरेका हुन् । राधामाथिको निर्घात कुटपिटमा स्थानीय किस्मती चौधरीले पनि साथ दिएकी थिइन् ।

रामबहादुर र किस्मतीले लगातार छ घण्टासम्म राधालाई कुटपिट गर्दा र लछार्दा पनि टोलवासी रमिते बनेर बसेका थिए । पेट, छाती र पिठ्युँमा लात्ती र मुड्की बजारिंदा सहन नसकेकि राधाको चित्कार निकै कारुणिक हुँदा पनि अमानवीयरुपमा पेश भएका रामबहादुर र किस्मतीलाई कसैले रोकेन ।

कुटपिटबाट गम्भीर घाइते भएकी राधाको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । कुटपिटको भिडियो सार्वजनिक भएपछि प्रहरीले रामबहादुरलाई पक्राउ गरेको छ । तर कुटपिटमा संलग्न किस्मती भने पक्राउ परेकी छैनन् । नगरपालिकाका जनप्रतिनिधि कुटपिटमा संलग्न रामबहादुर र किस्मतीलाई जोगाउनतिर लागेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);