कैलालीकाे कुटपिट काण्डमा मानवअधिकार आयोगले अनुसन्धान थाल्यो | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

कैलालीकाे कुटपिट काण्डमा मानवअधिकार आयोगले अनुसन्धान थाल्यो

फूलमाया आले

काठमाडौं, २६ फागुन । राष्ट्रिय मानवअधिकार आयोगले बोक्सीको आरोपमा कैलालीमा १८ बर्षीय युवतीमाथि भएको कुटपिटको अनुसन्धान सुरु गरेको छ । घटनाको छानविन गर्न आयोगको एक टोली त्यसतर्फ हिंडेको छ । यस घटनामा दोरी पाइए जोकोहि पनि कारबाहीको भागिदार हुने आयोगले जनाएको छ ।

छानविनका क्रममा कुनै पनि व्यक्ति दोषी प्रमाणित भए कानुन बमोजिम सजायका लागि सिफारिस गरिने आयोगले जनाएको छ । कैलालीको घोडाघोडी नगरपालिकामा बोक्सीको आरोपमा १८ वर्षीय राधा चौधरीमाथि अन्तर्राष्ट्रिय नारी दिवसका दिन निर्घात कुटपिट भएकाे थियो  ।

स्थानीयलाई रमिते बनाएर चौधरीमाथि निर्घात रुपमा कुटपिट हुँदा समेत त्यहाँको समाज चुप बसेको थियो । कुनै नाटक मञ्चन गर्दाको अवस्था जस्तै थियो कुटपिटको घटना । उक्त घटनालाई राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार विरुद्धमा भएको अपराधको संज्ञा दिएको छ ।

काे हुन् यसरी निर्घात कुटपिट गर्ने

राधा चौधरीलाई गाउँकै भोलेबाबा भनिने रामबहादुर चौधरीले आफ्नो घरमा भएको पूजामा नआएको भन्दै बोक्सीको आरोपमा मरणासन्न हुने गरी कुटपिट गरेको जनाइएको छ । राधामाथिको निर्घात कुटपिटमा स्थानीय किस्मती चौधरीले पनि साथ दिएकी थिइन् ।

रामबहादुर र किस्मतीले लगातार छ घण्टासम्म राधालाई कुटपिट गर्दा र लछार्दा पनि टोलवासी रमिते बनेर बसेका थिए । पेट, छाती र पिठ्युँमा लात्ती र मुड्की बजारिंदा सहन नसकेकि राधाको चित्कार निकै कारुणिक बनेको थियो । यसरी अमानवीय रुपमा कुटपिट हुँदा समेत रामबहादुर र किस्मतीलाई कसैले रोकेनन् ।

के छ कानुनी व्यवस्था

बोक्सीको आरोप सम्बन्धी कसूर तथा सजायका सम्बन्धमा बनेको ऐनले कसुर गर्ने व्यक्तिलाई कसूरको मात्रा हेरी न्युनतम छ महिना देखि अधिकतम आठ वर्षसम्म कैद र पाँच हजारदेखि एकलाख रुपैंयाँसम्म जरिवाना गर्ने व्यवस्था गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);