बोक्सी आरोपमा कुटिएकी लिराको किन भएन मुद्दा दर्ता ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

बोक्सी आरोपमा कुटिएकी लिराको किन भएन मुद्दा दर्ता ?

sarbochha adalat

काठमाडौं, ८ चैत । सरकारले बोक्सी प्रथा अन्त्य भएको घोषणा गरे पनि अझै बोक्सीको आरोपमा थुप्रै महिलाहरु निर्घात कुटिएका खबर बाहिर आइरहेका छन् । बोक्सीको आरोप खेपेकी पर्सा वीरगन्जकी लिरा क्षेत्री बुधबार दिउँसो १ बजे सार्वोच्च अदालत छिरिन् ।

स्थानीयले बोक्सीको आरोपमा निर्घात कुटपिट गर्दा पनि जिल्लाबाट इन्साफ नपाएपछि सर्वोच्च आएकी उनी मुद्दा दर्ता नभएपछि झन् निरास भइन् । मुद्दा दर्ता गर्न अदालत पुग्दा पनि न त वकिलले साथ दिए न त प्रहरी टोलीले नै । आजको राजधानी दैनिकको पहिलो पृष्ठमा यो खबर छापिएको छ ।

उनले भनिन्,

वीरगन्ज इनरुवा घुसकपुरमा बस्दै आएकी छु । छोरोले रिक्सा चलाउँछ । छोराको जिवन रक्षा गर्न र मलाई बोक्सी भनेर कुटपिट गर्नेमाथि कारबाही हुनुपर्यो भनेर अदालत आएँ तर पैसा नभएर होला साथ दिने कोही भएनन् हजुर ।

स्थानीय सीमा तिवारीको समूहले बोक्सीको आरोपमा कुटपिट गर्दै आएको क्षेत्रीको गुनासो छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);