बोक्सीकाे आरोपमा राजधानीमै पनियो तताएर डामियो! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

बोक्सीकाे आरोपमा राजधानीमै पनियो तताएर डामियो!

damiyo

काठमाडौं, १८ फागुन । बोक्सी आरोपमा राजधानीमै एक महिलामाथि निर्घात रूपमा कुटपिट भएको घटना सार्वजनिक भएको छ । आफूलाई बोक्सीको आरोपमा यातना दिएको भन्दै दोलखा स्थायी घर भई भीमसेनस्थान बस्ने रश्मी उपरकोटीले प्रहरीमा उजुरी गरेपछि राजधानीमै बोक्सी आरोपमा महिलामाथि कुटपिट भएको घटना बाहिरिएको हो ।

गत बुधबार राजधानीको भीमसेनस्थानबाट प्रहरीले यातना दिने एक महिलालाई पक्राउ गरेर मुद्दासमेत चलाइसकेको छ । पक्राउ पर्नेमा मोरङ घर भई भीमसेनस्थान बस्दै आएकी कविता श्रेष्ठ रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले बताएको छ । उनले आफूलाई माता बताउँदै झारफुक गर्दै आएकी थिइन् ।

कवितालाई बुधबार भीमसेनस्थानबाट पक्राउ गरेको प्रहरीले बताएको छ । महानगरीय प्रहरी परिसरका प्रमुख वसन्त लामाले बोक्सीको आरोपमा महिलामाथि कुटपिट भएको पीडित महिलाको उजुरीका आधारमा प्रहरीले कुटपिटमा संलग्नलाई पक्राउ गरेको र जिल्ला अदालत काठमाडौंमार्फत मुद्दा चलाएको जनाए ।

‘पीडित महिलाको उजुरीपछि प्रहरीले आरोप लगाउने तथा कुटपिट गर्ने महिलालाई पक्राउ गरेर अदालतबाट म्याद थप गरेर मुद्दा चलाइसकेको छ । थप अनुसन्धान जारी छ,’ परिसरका प्रमुख एसएसपी लामाले भने ।

पीडित महिलाले आफूलाई बोक्सी होस् भनेर कुटपिट गरेको र यातना दिएको भन्ने उजुरी दिएपछि कवितालाई बोक्सी मुद्दामा अनुसन्धान गरिरहेको परिसर काठमाडौंले जनाएको छ ।

पीडित महिला उपरकोटी दोलखाको तामाकोसी गाउँपालिका–४ की हुन् । उनी न्युरोड भीमसेनस्थानमा डेरामा बस्दै आएकी थिइन् ।

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);