बोक्सीको आरोपमा परिवारकै सदस्यबाट महिलामाथि निर्घात कुटपिट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

बोक्सीको आरोपमा परिवारकै सदस्यबाट महिलामाथि निर्घात कुटपिट

सुनसरी, २१ जेठ । सुनसरीको हरिनगर गाउँपालिमा एक महिलालाई बोक्सीको आरोपमा परिवारकै सदस्यले कुटपिट गरेका छन् । हरिनगर गाउँपालिका ४ की २२ वर्षीया बबिता मेहतालाई बोक्सीको आरोपमा परिवारकै सदस्यहरुले निर्घात कुटपिट गरेका हुन् । बबिताले छोरी समिक्षा जन्मेको साढे दुई बर्षसम्म पनि नबोलेको भन्दै बागेश्वरी मन्दिरमा पूजापाठ गरेकी थिइन् ।

स्थानीयले बागेश्वरी मन्दिरमा पूजा गरेपछि छोरीले बोल्ने सुझाएपछि उनले पूजा गरेकी हुन् । तर परिवारका सदस्यले मन्दिरमा पूजा गरेपछि बोक्सी भएको आरोप लगाउँदै देवर श्रवण मेहता, प्रकाश मेहता, रन्जित मेहता र अमरलाल मेहताले कुटपिट गरेका हुन् ।

कुटपिटबाट घाईते बबिताको इनरुवा अस्पतालमा उपचार भईरहेको छ । उनको शरीरभरि निलडाम छ । उपचारमा संलन चिकित्सकहरुले बबितालाई गम्भिर चोट लागेकाले उपचारमा समय लाग्ने बताएका छन् ।

प्रहरीले बोक्सीको आरोपमा कुटपिट गर्नेहरुलाई कारबाही प्रक्रिया अगाडी बढाएको जनाएको छ । तर घटनालाई ढाकछोप गर्न राजनीतिक दलका नेताहरु सक्रिय भएको पीडित पक्षले आरोप लगाएका छन् । बबिताका श्रीमान रोजगारको क्रममा डेढ बर्षदेखि विदेशमा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);