बोक्सीको आरोपमा किशोरी कुटिएको घटनाप्रति प्रधानमन्त्रीको चासो | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

बोक्सीको आरोपमा किशोरी कुटिएको घटनाप्रति प्रधानमन्त्रीको चासो

प्रधानमन्त्री केपी शर्मा ओलीले बोक्सीको आरोपमा कैलालीको घोडाघोडी नगरपालिकाकी किशोरी राधा चौधरी माथि निर्घात कुटपिट गरिएको घटनाप्रति चासो व्यक्त गरेका छन ।

PM oli

काठमाडौं, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बोक्सीको आरोपमा कैलालीको घोडाघोडी नगरपालिकाकी किशोरी राधा चौधरी माथि निर्घात कुटपिट गरिएको घटनाप्रति चासो व्यक्त गरेका छन ।

प्रधानमन्त्री ओलीले घटनाप्रति चासो व्यक्त गर्दै निर्घात कुटिएकी राधाको उपचार खर्च सरकारले व्यहोर्ने बताएका छन । प्रधानमन्त्रीको निजी सचिवालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार प्रधानमन्त्री ओलीले राधामाथि बोक्सीको आरोप लगाई कुटपिटमा संलग्नलाई प्रहरीबाट छुटाइएको विषयमा तत्काल यथार्थ छानबिन गरी दोषीउपर कारवाही गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको छ । राधाको हाल सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । विज्ञप्ति अनुसार राधाको थप उपचारको व्यवस्था सरकारले गर्ने भएको छ ।

यसैबीच कुटपिटमा संलग्न पार्वती चौधरी पक्राउ परेकी छिन् । किस्मतीलाई जिल्ला प्रहरी कार्यालय कैलालीको महिला सेलमा राखिएका प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए । प्रहरीले किस्मती र कुटपिटमा संलग्न रामबहादुर चौधरीलाई आज जिल्ला अदालतमा लाने भएको छ । म्याद थप गराई थप अनसुन्धान गर्न रामबहादुर र किस्मतिलाई अदालत लान लागेको बोहराले बताए ।