गाउँले भेलामै कुटिइन् महिला | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

गाउँले भेलामै कुटिइन् महिला

mahila kutpit

सिरहा, १० भदौ । सिरहाको धनगढीमाई नगरपालिका–३ कुर्वा हनुमाननगरमा ‘गाउँलेले गरेको निर्णय नमानेको’ भन्दै ४८ वर्षीया लक्ष्मीकुमारी महतोलाई निर्घात कुटिएको छ ।

कान्छो छोराले युवतीमाथि ‘नराम्रो नजर लगाएको’ जरिवाना झन्डै ३० लाख तिर्न अस्वीकार गर्दा उनी कुटिएकी हुन् । पीडित लक्ष्मीका कान्छा छोरा १९ वर्षीय सुशीलकुमारले स्थानीय युवतीमाथि ‘नराम्रो नजर’ लगाएको भन्दै सजाय तोक्न गाउँलेले ४ भदौमा भेला डाकेका थिए । वडाध्यक्ष देवकुमार साहसहितको उपस्थितिमा भएको छलफलले सात लाख ५० हजार रुपैयाँ जरिवाना र २२ लाख रुपैयाँको कपाली तमसुक बनाउने निर्णय गरेको थियो ।

तर, उनले तिर्न नसक्ने बताएपछि स्थानीय परमेश्वर यादव, जलेश्वर यादव, लालु यादव, कमल यादवलगायतले निर्घात कुटपिट गरेको जेठा छोरा संजीवले बताए । कान्छो भाइ सुशीललाई पनि डोरीले हात बाँधी करिब दुई घन्टा घाममा लडाएर यातना दिएको संजीवको भनाइ छ । ‘छोरालाई हात बाँधेर लडाउँदा पनि सहेँ, तर तिर्नै नसक्ने गरी जरिवाना र कपाली तमसुक तयार गरेपछि नमान्दा यस्तो हालत बनाए,’ लक्ष्मीले भनिन् ।

वडाअध्यक्ष साहले भने सामाजिक छलफलमा आफू भए पनि कुटपिट गरेको घटना घर आएपछि मात्र थाहा पाएको बताए । उनले छलफलमा जरिवानाको कुरा नउठेको दाबी गरे । ‘सामाजिक छलफलले गरेको निर्णय नमानेपछि कुटपिट भएको साँझ घर फर्केपछि मात्र थाहा पाएको हुँ,’ उनले भने, ‘म रहुञ्जेल जरिवाना र कपाली तमसुकको कुरा उठेको थिएन ।’

तीन छोरासहित गाउँमा खेतीपाती गरेर जीविका चलाउँदै आएकी लक्ष्मीका पति हरिदेव महतो रोजगारीका क्रममा विदेशमा छन् । गाउँकी युवतीमाथि नराम्रो नजर लगाएको भन्दै गत २२ साउन राति स्थानीयले उनीहरूको घर घेरा हालेर खानतलासी गरेका थिए । तर, छोरा सुशील सुतिरहेको भेटेपछि उनीहरू त्यत्तिकै फर्किएका थिए । त्यसको चार दिनपछि २६ साउनमा युवती पक्षले इलाका प्रहरी कार्यालय धनगढीमा उजुरी दिएको थियो । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);