दलित महिलामाथि बोक्सी आरोपमा कुटपिटसँगै एकलाख जरिवाना | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८३, सोमबार

दलित महिलामाथि बोक्सी आरोपमा कुटपिटसँगै एकलाख जरिवाना

kutpit

धनुषा, १९ कात्तिक । धनुषामा एक दलित महिलामाथि बोक्सी आरोपमा कुटपिटसँगै एकलाख जरिवाना गरेको घटना सार्वजनिक भएको छ ।

धनुषाको धनौजी गाउँपालिका २ बस्ने ३८ वर्षकी मनतोरिया देवी मण्डल खत्वेलाई गएको कार्तिक ९ गते बोक्सीको आरोपमा कुटपिट गरिएको हो । धनुषा धनौजी निवासी मनतोरिया देवी मण्डललाई बोक्सी भएको आरोप लगाई ५० हजार रुपैया जरीवाना र भोज स्वरुप ५० हजार रुपैयागरी १ लाख रुपैया जरीवाना गरिएको पीडित मन्तोरिया देविले बताइन ।

उनँका पति इन्द्रजित मण्डल खत्वे वैदेशिक रोजगारीको शिलशिलामा दुवईमा छन् । मन्तोरियालाई जेठाजु इन्दल मण्डल खत्वेले बोक्सी आरोप लगाएका थिए । इन्दलले बुहारी बोक्सी रहेको भन्दै गाउँले भेला गराएर भेलामा सार्वजनिक रुपमै मन्तोरियालाई निर्घात कुटपीट गर्दै बोक्सी हो भनि स्वीकार गर्न लगाएको पिडित मन्तोरियाले बताईन् । भेलामा खत्वे समाजका स्थानीय माइजन फुलगेन मण्डल, दुखी मण्डल, वीरेन्द्र मण्डललगायत जेठाजु समेतले कुटपिट गरेको मान्तोरियाले बताईन ।

भेलाले ५० हजार रुपैया जरीवाना र ५० हजारको भोज गर्नुपर्ने निर्णय गरेको थियो । जरिवाना नतिर्ने बताएपछि थप कुटपिट गरेको मनतोरीया देवीले बताइन् । मन्तोरियादेवी धनौजी गाउँपालिका २ का वडाध्यक्ष राजकुमार साह कहाँ उजुरी गर्न जाँदा वडाध्यक्ष साहले समाजका पञ्चहरुले नै गरेको निर्णय स्वीकार गरी गाउँमै मिल्न सुझाव दिएको पिडितले बताइन् ।

त्यसपछि गएको विहीबार जिल्ला प्रहरी कार्यालय धनुषाअन्तर्गत रहेको महिला तथा बालबालिका सेवा केन्द्रमा दोषीहरुमाथि कार्वाही र न्यायको माग गर्दै मन्तोरियाले उजुरी दर्ता गराएकी छन् । सेवा केन्द्रकी प्रमुख दीपीका ओझाले मन्तोरिया कुटपीट घटनाको ठाडो उजुरी कर्यालयमा दर्ता भएको बताइन् । यस विषयमा पीडित मन्तोरियादेवीले घटनाका विषयमा प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई जानकारी गराउँदै न्यायको लागि पहल गरिदिन गुहार गरेका छन्। मन्त्री यादवले घटनाको जानकारी लिएपछि यस विषयमा सत्यतथ्य पत्ता लगाएर यस्तो घटनामा संलग्न दोषीमाथि कार्वाही प्रक्रिया अगाडि बढाउने बताए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले भने यस विषयमा आफूलाई जानकारी नभएको बताएका छन् । यस्तो घटना भएको भए बुझेर कार्वाही प्रक्रिया अगाडि बढाउने उपरीक्षक थपलियाको बताए ।

ताजा समाचार