गुट–उपगुट बनाए पार्टी नै भंग गरिदिने देउवाकाे चेतावनी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

गुट–उपगुट बनाए पार्टी नै भंग गरिदिने देउवाकाे चेतावनी

काठमाडौं, २५ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुट–उपगुट बनाए पार्टी नै भंग गरिदिने चेतावनी दिएका छन् ।

गुट–उपगुट र अन्तरघातले पार्टी कमजोर भएको भन्दै सभापति देउवाले गुट–उपगुट बनाए पार्टी नै भंग गरिदिने चेतावनी दिएका हुन् । शुक्रबार कैलालीको धनगढीमा कांग्रेस कैलालीको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले अन्तरघात गर्नेहरुलाई कारबाही गरेर पार्टी सुदृढीकरण अभियानमा लाग्ने बताए ।

कृष्णप्रसाद भट्टराईको पालादेखि नै पार्टीभित्र अन्तरघात हुने गरेको स्मरण गर्दै सभापति देउवाले अन्तरघात गर्ने जो कोहीलाई पनि कारबाही गर्ने उद्घोष गरे ।

कार्यक्रममा सभापति देउवाले सरकार भारतसँग लम्पसार परेको आरोप लगाए । उनले राष्ट्रवादको नाम भजाएर प्रधानमन्त्री केपी ओली भारतलाई रिजाउन लम्पसार परेको आरोप लगाए । आफ्नो नेतृत्वको सरकारले गरका महत्वपुर्ण निर्णय नउल्टाउन सरकारलाई उनले आग्रह गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);