सभामुख र उपसभामुखमध्ये एक पद छोड्न कोइरालाको आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

सभामुख र उपसभामुखमध्ये एक पद छोड्न कोइरालाको आग्रह

काठमाडौं, २५ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रतिनिधिसभाका सभामुख र उपसभामुख मध्ये एक पद तत्काल छोड्न सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा)सँग माग गरेको छ ।

काँग्रेस महामन्त्री डा. शशांक कोइरालाले संविधानले प्रतिनिधिसभाको सभामुख र उपसभामुख दुवै पद एउटै पार्टीलाई दिन नमिल्ने व्यवस्था गरेको उल्लेख गर्दै एक पद तत्काल छोडन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग माग गरेका हुन् ।

शुक्रबार प्रतिनिधि सभा नियमावली पारित गरेलगत्तै संघीय संसद भवन परिसरमा संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस सम्बन्धमा प्रतिनिधिसभा बैठकमा आफ्नो पार्टीले छिट्टै प्रश्न उठाउने बताए ।

संवैधानिक व्यवस्था अनुसार एउटै दलबाट प्रतिनिधिसभाको सभामुख र उपसभामुख हुन नपाउने महामन्त्री कोइरालाको तर्क छ ।

तत्कालीन माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा सभामुख र तत्कालीन एमाले नेतृ डा. शिवमाया तुम्बाहाङफे उपसभामुखमा निर्वाचित भएका थिए । दुई दल एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपछि ती दुई पद मध्ये एक पद छोडनुपर्ने संवैधानिक व्यवस्था रहेको काँग्रेसको दावी छ ।

यता, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भने सभामुख महरा र उपसभामुख तुम्बाहाङफे दलको सदस्य नरहेकाले उनीहरुले पद छोडिरहन नपर्ने जवाफ दिँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);