रिक्त सभामुख पदका लागि नेकपाभित्र आकांक्षी धेरै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

रिक्त सभामुख पदका लागि नेकपाभित्र आकांक्षी धेरै

तेजना पण्डित
काठमाडौं, ३० असोज । प्रतिनिधि सभामा यतिखेर सभामुख पद रिक्त छ । अर्काे सभामुख कहिलेसम्म छान्ने हो अहिलेसम्म केही टुंगो लागेको छैन । सत्तारुढ दल सभामुख आफैं राख्ने पक्षमा देखिन्छ ।

प्रमुख प्रतिपक्षी दल सभामुख र उपसभामुख मध्ये एक छोड्न सत्तापक्षलाई आग्रह गर्दै आएको छ । आकांक्षी धेरै देखिएपछि सत्तारुढ दल नेकपा सभामुख कसलाई छान्ने भन्नेमा आफैं चक्करमा परेको छ ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयासको आरोपमा मुछिएर पदमुक्त भएपछि सभामुख पद रिक्त छ । महराको राजीनामासँगै असोज १४ गतेदेखी सभामुख पद रिक्त रहेको हो ।

नेपालको संविधान २०७२ को धारा ९१ को उपधारा २ अनुसार प्रतिनिधिसभाका सभामुख र उपसभामुख फरक फरक दल र फरक लिङ्गको हुनुपर्ने व्यवस्था छ । तर अहिलेसम्म निवर्तमान सभामुख कृष्णबहादुर महरा र उपसभामुख डा.शिवमाया तुम्बाहाम्फे सत्तारुढ नेकपाका सांसद हुनुहुन्छ ।

त्यसैले पनि सभामुख र उपसभामुख मध्य एक पद नेकपाले छाड्नै पर्ने नेकपाको बाध्यता रहेको छ । यस्तो अवस्थामा उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन लगाएर सभामुख कसलाई बनाउने भनी निर्णयमा पुग्न यतिबेला नेकपालाई निकै कठिन भएको छ ।

कठिन हुनुको कारण सभामुख पूर्व माओवादीलाई दिने कि पूर्व एमालेलाई दिने भन्नेमा अन्यौल छ । दुबैतर्फबाट आकांकाक्षीहरु धेरै देखिएका छन् । सभामुख पदमा पूर्व माओवादीबाटै आउनुपर्ने स्थायी कमिटी सदस्य हरिवोल गजुरेलको दाबी छ ।

पूर्व माओवादीका नेताहरु पार्टी एकीकरण प्रकृयाले पुर्णता पाइनसकेकोले पार्टी एकिकरण पूर्वको सहमती अनुसार सभामुख पद पूर्व माओवादी पक्षका नेताहरुले पाउनुपर्ने दावी गरिरहेका छन् ।

तर पूर्व एमालेका नेताहरु भने दुइ पार्टी एक भएर नेकपा गठन भैसकेको अवस्थामा पूर्व एमाले वा पूर्व माओवादी पक्षधरबाट आउनुपर्छ भनेर अडान राख्नु गलत हुने तर्क गर्छन् ।

पर्ख र हेरको स्थितिमा रहेको मुख्य विपक्ष दल नेपाली कांग्रेस भने सभामुखमाको हुने भन्दा पनि जतिसक्दो चाडो संसदको बिशेष अधिवेशन बोलाइ सभामुख चयनको प्रक्रियामा जानु पर्नेमा जोड दिंदै आएको छ ।

संसदको बजेट अधिवेसन असोज २ गते अन्त्य भएको हो । रिक्त सभामुखमा नयाँ सभामुख चयन गर्न संबिधानसभाका सदस्यहरु भित्रबाट निर्वाचन गर्ने संबैधानीक व्यवस्था रहेको छ ।

हाल बजेट अधिवेसन अन्त्य रहेको अवस्थामा अर्को अधिवेसनको लागी सरकारले मिति तय गरी राष्ट्रपतिवाट आह्वान गर्नुपर्ने संबैधानीक ब्यबस्था रहेको छ ।

राष्ट्रपतिले संसद अधिवेशनको आव्हान गर्नासाथ रिक्त रहेको सभामुख पदमा निर्वाचन गराउनका लागी संसद सचिवालय तयार रहेको प्रवक्ता डा.रोजनाथ पाण्डेको भनाइ छ ।

सभामुख चयनमा अहिले सत्तारुढ दल नेकपाको शीर्ष नेतृत्वलाई ठूलै दवाब छ । पार्टी एकीकरण भए पनि गुटबन्दी हावी भएको हुँदा योग्य र सक्षम नेतृत्व चयन भन्दा पनि आफू निकटलाई छान्न दवाब बढेपछि नेतृत्व अहिले निर्णयहीन अवस्थामा छ ।

पूर्वमाओवादी केन्द्रबाट हरिवोल गजुरेल, देव गुरुङ, अग्नि सापकोटा, जनार्दन शर्मा ओनसरी घर्तीमध्ये एकजनालाई सभामुख वनाउन अध्यक्ष प्रचण्डलाई दवाब छ ।

पूर्व एमालेबाट प्रधानमन्त्री ओलीको विश्वासपात्र मानिने नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सभामुखका एक मात्र बलियो दाबेदार देखिनु भएको छ । वर्तमान उपसभामुख डा.तुम्वाहाम्फे पनि सभामुख पद नेकपाले नछाड्ने हो भने उपसभामुख पदबाट राजीनामा दिएर सभामुख पद आफैलाई दिनुपर्ने अडानमा रहेको उहाँ निकटका नेताहरु बताउँछन् ।

तर तुम्वाहाम्फेलाई सभामुख बनाउनु पर्छ भन्नेको आवाज निकै मलिन छ । यसरी आकांक्षी धेरै हुँदा नेकपालाई सभामुखको उम्मेदवार चयन गर्न निकै सास्ती देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);