प्रधानमन्त्रीको सपनामा चिनियाँ राष्ट्रपतिको बलियो साथ र समर्थन छ : मन्त्री बास्कोटा | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

प्रधानमन्त्रीको सपनामा चिनियाँ राष्ट्रपतिको बलियो साथ र समर्थन छ : मन्त्री बास्कोटा

gokul

काठमाडौं, ३० असोज । सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले देखेको सपनामा चिनियाँ राष्ट्रपति सीको बलियो साथ र समर्थन पाएको बताउनु भएको छ ।

मन्त्री बास्कोटाले नेपाललाई भूपरीवेष्ठितबाट भूजडित राष्ट्र बनाउने प्रधानमन्त्री ओलीले बारम्बार देख्नु भएको सपनामा बलियो साथ र समर्थन हुनेगरी चिनियाँ राष्ट्रपति सीले नेपाली जनता समक्ष सार्वजनिक अभिव्यक्ति दिनु भएको बताउनु भएको हो ।

नेपाललाई भूपरीवेष्ठित नभई भूजडित राष्ट्र बनाउन बारम्बार देख्नु भएको प्रधानमन्त्री ओलीको सपनामा चीनको बलियो साथ र समर्थन स्वयम् चिनियाँ राष्ट्रपतिबाटै नेपाली जनता समक्ष व्यक्त भएको छ,’ बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले भन्नु भयो, ‘अव नेपाल हवाई, समुन्द्र, यातायात, संचार, रेल सेवालगायतका आधुनिक विकासका मानकहरुमा चीनसँगै अघि बढने सम्भावनाको ढोका चिनियाँ राष्ट्रपतिको भ्रमणबाट खुलेको छ ।’

मन्त्री बास्कोटाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण ऐतिहासिक रुपमै सफल भएको पनि दोहो-याउनु भयो । मन्त्री बास्कोटाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको उपलब्धिलाई मूल्यमा मापन गर्न नसकिने पनि बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);