प्रतिनिधिसभा बैठकमा सांसदहरुबीच जुहारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रतिनिधिसभा बैठकमा सांसदहरुबीच जुहारी

samsadh parlyament

काठमाडौं, ३० जेठ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकीकृत भएपछि सो पार्टीबाट निर्वाचित सभामुख र उपसभामुख मध्ये एक जनाले राजीनामा दिनुपर्ने वा नपर्ने भन्ने विषय संसद प्रवेश भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदबीच यो विषयमा जुहारी नै चल्यो ।

संविधानको धारा ९१ को उपधारा २ मा प्रतिनिधि सभाको सभामुख र उपसभामुख मध्ये एक जना महिला हुनु पर्ने र फरक–फरक दलको प्रतिनिधि हुनुपर्ने व्यवस्था छ । संविधानको यही व्यवस्थालाई आधार बनाउँदै बुधबारको संसद बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले सभामुख र उपसभामुखमध्ये एक जनाले राजीनामा दिनुपर्ने माग जोडतोडकासाथ उठाए । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकीकृत भइ एउटै दल बनिसकेको अवस्थामा सो दलबाट निर्वाचित सभामुख र उपसभामुख मध्ये एक जनाले राजीनामा दिनुपर्ने कांग्रेसको तर्क छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले संसदमा बोल्दै गर्दा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारीले नियमापत्ति गर्नुभयो । सांसद अधिकारीले सभामुख र उपसभामुख कुनै दलसँग आवद्ध नरहेको भन्दै कांग्रेसको माग अर्थहिन भएको तर्क गर्नुभयो ।

तर, कांग्रेसका प्रमुख सचेतक खाँणले भने राजनीतिक दल सम्बन्धी ऐनमा पनि सभामुख र उपसभामुखले दल परित्याग गरेको नमानिने उल्लेख भएको भन्दै दुई मध्ये एकले पद छोड्नैपर्ने बताउनुभयो ।

बैठकमा नेपाली कांग्रेसका सांसद तेजुुुलाल चौधरीले संवैधानिक बिषय उठाउँदा सत्तापक्षले प्रतिवाद गर्नुु सत्तापक्षको दम्भ भएको टिप्पणी गर्नुुभयो । तथापी यो विषयले सर्वोच्च अदालतमासमेत प्रवेश पाइसकेको छ । सत्तारुढ दल र प्रतिपक्ष दलले आ–आफ्नो तर्क प्रस्तुत गरे पनि यसको निराकणका लागि अदालतको फैसला कुर्नुपर्ने छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);