प्रतिनिधिसभाको सभामुख पद कांग्रेसले पाउनुपर्छ : नेता बस्नेत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

प्रतिनिधिसभाको सभामुख पद कांग्रेसले पाउनुपर्छ : नेता बस्नेत

Mohan-Bahadur-Basnet

काठमाडौं, ३० असोज । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वमन्त्री मोहन बस्नेतले रिक्त रहेको प्रतिनिधिसभाको सभामुख पद आफ्नो पार्टीले पाउनुपर्ने दावी गर्नु भएको छ ।

काँग्रे्रस केन्द्रिय सदस्य बस्नेतले सभामुख र उपसभामुख पद फरक/फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै रिक्त सभामुख पद आफ्नो पार्टीले पाउनुपर्ने तर्क गर्नु भएको हो ।

संसद सचिवालयका कर्मचारी रोशनी शाहीमाथि बलात्कार गरेको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिनु भएको थियो । सोही पदमा आफ्नो पार्टीको दावी रहेको बस्नेतको भनाई छ ।

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले संविधानमै सभामुख र उपसभामुख पद मध्ये एक पद प्रमुख प्रतिपक्ष दलले पाउने उल्लेख गरिएको दावी पनि गर्नु भयो ।

काँग्रेस केन्द्रिय सदस्य बस्नेतले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणमा भएका सहमति कार्यान्वयनमा लैजान ढिलाई गर्न नहुने पनि बताउनु भयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);