सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने काँग्रेसकाे माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने काँग्रेसकाे माग

nepali congress

काठमाडौं, १३ साउन । नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था कार्यान्वयनका लागि संसदमा सरकारलाई दवाव दिइरहने बताएका छन् ।

नेपाली काँग्रेसका नेता बडुले सभामुख र उपसभामुख एउटै दलको हुन नहुने विषय अदालतमा विचाराधिन रहेकाले फैसला नआएसम्म प्रतिक्षा गरिरहने पार्टीको अडान कायमै रहेको स्पष्ट पारे ।

आईतबार प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्णबहादुर महराले अदालतमा विचाराधिन रहेकाले सो सम्बन्धमा संसदमा छलफल गर्न नमिल्ने जानकारी गराएका थिए । सोही सम्बन्धमा संचारकर्मीसँग टिप्पणी गर्दै काँग्रेस नेता बडुले आफूहरु पनि अदालतको आदेशको प्रतिक्षामा रहने प्रतिक्रिया दिए ।

नेपाली काँग्रेसले संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुख मध्ये एक पद छोड्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई दवाव दिँदै आएको छ ।

काँग्रेसले सबै प्रदेशको प्रदेशसभामा पनि सभामुख र उपसभामुखमध्ये एक पद आफ्नो दलले पाउनुपर्ने संवैधानिक व्यवस्था रहेको तर्क गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);