प्रतिनिधिसभामा राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथि सैद्धान्तिक छलफल सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

प्रतिनिधिसभामा राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथि सैद्धान्तिक छलफल सुरु

samsadh bicc

काठमाडौं, १३ साउन । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथिको संैद्धान्तिक छलफल सुरु गरिएको छ । प्रतिनिधिसभाको आईतबारको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफल सुरु भएको हो ।

छलफलमा भाग लिँदै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारीले विधेयकमा नर्सिङ, फार्मेसी लगायतका क्षेत्रलाई समेटनु पर्नेमा जोड दिए ।

विधेयकले गुणस्तरीय स्वास्थय सेवामा जोड दिएपनि स्वास्थ्य क्षेत्रको समग्र सुधारमा चासो नदिएको उनको भनाई छ । डा. गोविन्द केसीसँग सहमति गरेपछि सरकारले शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा यो विधेयक पेश गरेका थियो। सांसद अधिकारीले विधेयकमा निजी क्षेत्रले ल्याएको विकृतिलाई अन्त्य गर्ने व्यवस्था गर्नुपर्ने आवश्यक्ता औल्याए ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले विधेयकमा भएको व्यवस्था अनुसार कानुन निर्माणमा ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गराए । उनले सरकार गोविन्द केसीसँग भएको सहमति अनुसार कानुन निर्माण गर्न इमान्दार हुने विश्वास व्यक्त गरे ।

काँग्रेसका अर्का सांसद भरतकुमार शाहले विधेयकलाई जस्ताको तस्तै पारित गर्नुपर्ने माग गरे । उनले गोविन्द केसीसँग गरिएको सहमति अनुसार ल्याइएको विधेयकलाई संशोधन गरिरहन नपर्ने बताए ।

सांसद शाहले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको नाममा राजनीति गर्ने मनसाय आफूहरुको नरहेको बताए । सरकारको हठका कारण विधेयक ल्याउन ढिलाई भएको सांसद शाहको आरोप छ ।

सांसद सरिता गिरीले विधेयक संविधान र कानुन विपरित रहेको आरोप लगाइन् । स्थानीय, प्रदेश र केन्द्रको स्पष्ट कार्य विभाजन सहितको कानुन निर्माण गरेपछि मात्रै सो विधेयक ल्याउनुपर्ने उनको तर्क छ ।

सांसद प्रेम सुवालले भने सरकारले ल्याएको राष्ट्रिय चिकित्सा विधेयकप्रति आपत्ति जनाउँदै स्वास्थ्य क्षेत्र निजी क्षेत्रलाई दिनै नहुने तर्क गरे । जनतालाई पक्षपात गर्नेगरी विधेयक आएकाले त्यसको विरोध गर्नु परेको सांसद सुवालको भनाई छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);