अर्थ समितिमा दुई वटा विधेयकमाथिको सैद्धान्तिक छलफल सुरु | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

साउन २५, काठमाण्डौं ।
व्यवस्थापिका संसदको अर्थ समितिमा दुई वटा विधेयकमाथिको सैद्धान्तिक छलफल सुरु भएको छ ।

 

समितिको बुधबार बसेको बैठकमा ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग’ र ‘अन्तरसरकारी वित्त हस्तान्तरण सम्बन्धि वित्त आयोग’ माथिको सैद्धान्तिक छलफल सुरु भएको हो । विधेयकमा विज्ञहरुको समेत धारणा समेटन उपसमितिनै गठन गर्ने तयारी भईरहेको पनि समितिका सभापति प्रकाश ज्वालाले जानकारी दिनुभयो । विधेयकमा ३१ जना सांसदहरुले ४६ वटा संशोधन दर्ता गराएका छन ।

 

अर्थ समितिले विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफल सकिएलगत्तै उपसमिति गठन गरेर विज्ञहरुको सुझाव लिने तयारी पनि गरेको छ । सैद्धान्तिक छलफल सकिएलगत्तै विज्ञहरुको सुझाव लिएर दुवै विधेयकलाई परिपक्व बनाउने समितिका सभापति ज्वालाले जानकारी दिनु भयो । बैठकमा बोल्दै समितिका सदस्यहरुले प्राकृतिक स्रोतको बाँडफाँड गर्दा केन्द्र, प्रदेश र स्थानीय तहबीच द्धन्द्ध हुन नदिन सचेत हुनुपर्नेमा जोड दिएका थिए । उनीहरुले विज्ञहरुकोसमेत सुझावको आधारमा प्राकृतिक स्रोतको बाँडफाँडको विषयलाई टुंगो लगाउनुपर्नेमा पनि जोड दिएका थिए ।

 

सरकारले प्राकृतिक स्रोत तथा वित्त आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि अर्थ समितिमा छलफल सुरु भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);