बालिका हत्याबारे सभामुख महराको सरकारलाई रुलिङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बालिका हत्याबारे सभामुख महराको सरकारलाई रुलिङ

mahara

काठमाडौं, १३ साउन । सभामुख कृष्णबहादुर महराले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्याबारे संसदलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् ।

प्रतिनिधिसभाको आईतबारको बैठकमा सांसदहरुले कञ्चनपुरमा सामूहिक बलात्कारपछि हत्या गरिएकी पन्तको घटनाबारे सांसदहरुले ध्यानाकर्षण गराएपछि सभामुख महराले सो घटनाबारे संसदलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका हुन् ।

बैठकमा प्रमुख प्रतिपक्ष दलका सांसदहरु दिलेन्द्र प्रसाद बडु, डिला संग्रौंला सहितका सांसदहरुले सो घटनाका दोषी पत्तालगाई तत्काल कार्वाही गर्न र त्यसको यथार्थ जानकारी संसदमा गराउन सरकारलाई रुलिङ गर्न सभामुख महरासँग आग्रह गरे । ट्युसन पढ्न गएकी १३ वर्षीया बालिका पन्तलाई सामूहिक बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);