सरकार प्रजातन्त्र बिरोधी भएको कांग्रेस सभापति देउवाको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सरकार प्रजातन्त्र बिरोधी भएको कांग्रेस सभापति देउवाको आरोप

रुपन्देही, २ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बर्तमान सरकार प्रजातन्त्र विरोधी भएको स्पष्ट भइसकेको दाबी गर्नुभएको छ । सोमवार पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले रुपन्देही सदरमुकाम भैरहवामा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारको ब्यवहार र काम गराइले प्रजातन्त्र बिरोधी देखिएको दाबी गर्नुभयो ।

उहाँले सरकारविरुद्ध आफ्नो पार्टी कुनै पनि बेला सडक आन्दोलनमा आउन सक्ने चेतावनी समेत दिनु भयो । सभापति देउवाले प्रजातन्त्र जोगाउन कांग्रेस जस्तोसुकै मुल्य चुकाउन तयार रहेको बताउनु भयो । कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रको गुट उपगुट अन्त्य गर्नुपर्नेमा जोड दिनु भएको थियो ।

त्यसैगरी कार्यक्रममा पार्टी उपसभापति बिमलेन्द्र निधी लगायतका नेताहरुले लोकतन्त्रको रक्षा गर्ने जिम्मा कांग्रेसको काँधमा रहेको भन्दै त्यसका लागि पार्टी एक भएर अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);