प्रजातन्त्र प्राप्तिका लागि टुङ्गवहादुर वस्नेतको योगदान अतुलनीय : देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

प्रजातन्त्र प्राप्तिका लागि टुङ्गवहादुर वस्नेतको योगदान अतुलनीय : देउवा

झापा, ३२ साउन । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले प्रजातन्त्र प्राप्तिका लागि प्रजातान्त्रिक आन्दोलनका योद्धा टुङ्गवहादुर वस्नेतको योगदान अतुलनीय रहेको बताउनु भएको छ ।

पुर्व प्रधानमन्त्री समेत रहनु भएका देउवाले प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वर्गीय बस्नेतले २००७ साल अघिदेखि नै प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भुमिका खेल्नु भएको भन्दै प्रजातन्त्र प्राप्तिमा उहाँको भुमिका अतुलनीय रहेको बताउनु भयो ।

झापा बिर्तामोड निवासी बस्नेतको शनिबार नवौं पुण्य तिथिमा नेपाली कांग्रेस झापाले आयोजना गरेको श्रद्धाञ्जलि सभामा बोल्दै सभापति देउवाले स्वर्गीय टुङ्गबहादुर बस्नेत र उहाँको परिवारले प्रजातान्त्रिक आन्दोलनमा प¥याएको योगदान अविस्मरणीय रहेको बताउनु भयो ।

सभापति देउवाले कांग्रेसको राजनीतिमा सक्रिय रहनु भएका गोपालकुमार बस्नेतलाई यस अघि राष्ट्रियसभा सदस्यमा आफुले मनोनयन गरेको स्मरण समेत गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);