सुन्दरीजलस्थित विपी संग्राहलयमा कृष्णप्रसाद भट्टराईको शालिक निर्माण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सुन्दरीजलस्थित विपी संग्राहलयमा कृष्णप्रसाद भट्टराईको शालिक निर्माण

काठमाडौं, ७ पुस । काठमाडौंको सुन्दरीजलस्थित विपी संग्राहलयमा पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईको पूर्ण कदको शालिक निर्माण गरिएको छ ।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले सुन्दरीजलस्थित विपी संग्राहलयमा निर्माण गरिएको पूर्व प्रधानमन्त्री एवम् काँग्रेसका तत्कालीन सभापति स्वर्गीय सन्त नेता भट्टराईको पूर्ण कदको शालिक अनावरण गरेका हुन् ।

सन्त नेता भट्टराईको ९५ औं जन्मजयन्तिको अवसर पारेर शनिबार ढलौटले निर्माण गरिएको पूर्ण कदको शालिकको अनावरण गरिएको छ । त्यस अवसरमा बोल्दै सभापति देउवाले पार्टीका संस्थापक नेता विपी कोइराला, सन्त नेता भट्टराई, गणेशमान सिंहसँगै सुन्दरीजल जेल परेका अन्य नेताहरुको पनि सोही संग्राहलय परिसरमा शालिक बनाउने घोषणा गर्दै सबैलाई तन, मन र धनले सहयोग गर्न आग्रह गरे ।

उनले विपी संग्राहलय नेपालको मात्रै नभएर लोकतान्त्रिक मुलुकहरुका लागि दर्शनीय स्थल रहेकोे उल्लेख गर्दै त्यसको पूर्वाधार विकासमा जोड दिनुपर्ने आवश्यक्ता औल्याए ।

सभापति देउवाले २००७ साल देखि नै नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान दिएका स्वर्गीय नेताहरु विपी कोइराला, गणेशमान सिंह र भट्टराईले नेपालको राजनीतिक आन्दोलनमा खेलेको भूमिकाको पनि चर्चा गरेका थिए ।

विपी संग्राहलयमा विपी कोइराला, गणेशमान सिंहको यस अघि नै शालिक निर्माण गरिएको थियो । अव विपी, गणेशमान र भट्टराईसँगै सुन्दरीजल जेल परेका अन्य नेताहरुको पनि शालिक बनाउने काँग्रेसको योजना छ । सभापति देउवाले विपी संग्राहलय काँग्रेसका लागि पवित्र स्थल भएको पनि उल्लेख गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);