सुन्दरीजलमा मेलम्ची खानेपानीका परिकल्पनाकार सन्तनेता भट्टराईको शालिक अनावरण | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

सुन्दरीजलमा मेलम्ची खानेपानीका परिकल्पनाकार सन्तनेता भट्टराईको शालिक अनावरण

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ भएको स्थलमा नेपाली काङ्ग्रेसका पूर्वसभापति, मेलम्ची खानेपानीका योजनाकार पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पूर्णकदको शालिक अनावरण गरेका छन् ।

भट्टराई प्रधानमन्त्री भएका बेला उनले काठमाडौंको खानेपानीको समस्या समाधान गर्न मेलम्चीको पानी ल्याउने बताएका थिए ।
प्रधानमन्त्री देउवाले खानेपानी समस्याको दीर्घकालीन समाधानलाई सरकारले प्राथमिकतामा राखेको बताए । उनले २०७७ मै मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण सुरु भएकोमा १ असार २०७८ को बाढीले पुर्‍याएको क्षतिका कारण बन्द भएको पानी वितरण पुनः सुरु भएको र अब काठमाडौँ उपत्यकावासीलाई सधैँ पानी वितरण गर्न सक्ने गरी आवश्यक तयारी गरिने जानकारी दिए ।

प्रधानमन्त्री देउवाले काठमाडौँ बासीलाई मेलम्चीको पानी खुवाउने सन्त नेता भट्टराईको सपना पुरा भएकोमा आफूलाई अत्यन्त खुसी लागेको बताए ।
खानेपानीमन्त्री उमाकान्त चौधरीले दीर्घकालीन रुपमा समस्या समाधान नहुँदासम्म अस्थायी संरचनाबाटै पानी वितरण गर्ने योजना बनाएको उल्लेख गरे । खानेपानी मानव जीवनका लागि अपरिहार्य आवश्यकता भएको विषयलाई ध्यानमा राखेर मेलम्चीसहित अन्य विकल्प र श्रोतहरूको समेत अध्ययन भइरहेको चौधरीले जानकारी दिए ।

कार्यक्रममा सांसद मोहनबहादुर बस्नेत र सन्तोष चालिसे, कृष्णप्रसाद भट्टराई अध्ययन प्रतिष्ठानका सल्लाहकार दिपकुमार उपाध्याय, गोकर्णेश्व नगरपालिकाका प्रमुख दिपक रिसालले चौबिसै घण्टा उपत्यकावासीलाई स्वच्छ र पिउनयोग्य पानी वितरण गर्न सक्ने गरी व्यवस्था गर्न मेलम्ची आयोजनाका कारण प्रभावित स्थानीयको समस्या समाधानमा ध्यान दिन आग्रह गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);